दार्जिलिङकां विधायक नोमन राईले गरे निर्वाचित प्रतिनिधिसँग प्रशासनिक बैठक

ea8fb5cd-a623-4165-8025-2083a048d1e1

दार्जिलिङ: दार्जिलिङका विधायक नोमन राईले बुधबार रिम्बिक लोधोमा क्षेत्रका चारवटै ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान तथा निर्वाचित प्रतिनिधिसँग आईबी बङ्गलो, लोधोमामा प्रशासनिक बैठक गरेका छन्। बैठकमा पैह्रो तथा प्राकृतिक आपदाले भएको क्षति, सरकारी विकास योजनाको कार्यान्वयन र पञ्चायत सञ्चालनमा देखिएका समस्याबारे छलफल गरिएको थियो।बैठकमा दार्जिलिङ पुलबजार खण्डका खण्ड विकास अधिकारी तरुण डे तथा जिल्ला प्रशासनका अधिकारीहरूको उपस्थिति थियो। विधायक राईले राजनीतिक दलको भेदभाव नगरी सबै नागरिकहरुलाई समान रूपमा सरकारी सुविधा उपलब्ध गराउन तथा पञ्चायत र प्रशासनबीच प्रभावकारी समन्वय गर्न आग्रह गरे। प्रतिनिधिहरूले जन्म मृत्यु दर्ता तथा ‘अन्नपूर्ण योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराएका थिए।

About Author

Advertisement