सिक्किमको प्रदेश इन्चार्ज नियुक्त भएपछि राजु विष्टद्वारा दिल्लीमा सिक्किम भाजपा नेताहरूसँग भेटघाट

FB_IMG_1790788191674

​नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको प्रदेश इन्चार्जमा नियुक्त भएपछि दार्जिलिङका सांसद राजु विष्टले दिल्लीमा सिक्किम भाजपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्।
​विष्टलाई बधाई तथा शुभकामना दिन सिक्किम भाजपा प्रदेश अध्यक्ष डिआर थापा र प्रदेश महासचिव अर्जुन राई दिल्लीस्थित उहाँको निवास पुगेका थिए। भेटका क्रममा उनीहरूले विष्टलाई नयाँ जिम्मेवारीका लागि न्यानो बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
​नयाँ जिम्मेवारी पाएपछि विष्टले सिक्किमको पार्टी सङ्गठनलाई अझ सुदृढ बनाउन र प्रदेशका जनताको सेवा गर्न सिक्किमको नेतृत्व, कार्यकर्ता तथा भाजपा परिवारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
​आगामी केही दिनभित्रै सिक्किम भ्रमणमा जाने जानकारी दिँदै विष्टले त्यहाँका नेता तथा कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अनुभव र भावना बुझ्ने बताएका छन्। राष्ट्रिय नेतृत्वको मार्गदर्शन र कार्यकर्ताको समर्पणका आधारमा सिक्किममा भाजपालाई अझ अगाडि बढाउने र प्रदेशको विकास तथा जनकल्याणका लागि नयाँ प्रतिबद्धताका साथ काम गर्ने उहाँको भनाइ छ।

About Author

Advertisement