सिलगढी नगर निगमको आयुक्तमा बान्डावासी तेजा दीपक नियुक्त, सांसद् राजु विष्टद्वारा स्वागत​

Screenshot_20260930_220920_LinkedIn

सिलगढी: पश्चिम बंगाल सरकारले भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी बान्डावासी तेजा दीपकलाई सिलीगुढी नगर निगम (एसएमसी) को नयाँ आयुक्त पदमा नियुक्त गरेको छ।​राज्यको कार्मिक तथा प्रशासनिक सुधार विभागद्वारा ३० सेप्टेम्बर २०२६ मा जारी अधिसूचना अनुसार उत्तर दिनाजपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) रहेका दीपकलाई नगर निगमको आयुक्तसँगै सिलीगुढी जलपाइगुढी विकास प्राधिकरण (एसजेडीए) को मुख्य कार्यकारी अधिकृत (सीईओ) को अतिरिक्त जिम्मेवारी पनि दिइएको छ।​यसैबिच, दार्जिलिङका सांसद् राजु विष्टले एक वक्तव्य जारी गर्दै नयाँ आयुक्तको नियुक्तिलाई स्वागत गरेका छन्। विष्टले दीपक एक योग्य र अनुभवी अधिकारी भएको उल्लेख गर्दै यसअघि पनि पहाड तथा तराई क्षेत्रमा काम गरिसकेकाले उहाँलाई यस क्षेत्रको वस्तुस्थिति, विकासका आवश्यकता र चुनौतीहरूबारे राम्रो ज्ञान रहेको बताएका छन्।​सांसद् विष्टले नयाँ आयुक्तको नेतृत्वमा सिलगढी र एसजेडीएको विकास निर्माणका कामहरूले तीव्र गति लिने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement