श्रम मन्त्री समक्ष दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनबाट चिया श्रमिकहरूको लागि विभिन्न मागहरु उठान

48fd47a4-e6e5-4b93-a147-54d72acbfc16

खरसाङ: चियाबारी श्रमिकहरुको विभिन्न विषयमा पश्चिम बंगालका श्रम मन्त्री अर्जुन सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा श्रम मन्त्री समक्ष दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको पक्षबाट चिया श्रमिकहरूसँग सम्बन्धित विभिन्न मागहरू उठाइएको छ। उक्त विषयमा बोल्दै माकपा दार्जिलिङ जिल्ला सचिव मण्डलीय सदस्य सचिन खातीले चिया श्रमिकहरूको हक, हित र उनीहरूका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्। खातीले चिया कमानका श्रमिकहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्या, बक्यौता तथा श्रमिक अधिकारसँग सम्बन्धित विषयहरूलाई गम्भीरतापूर्वक लिएर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले श्रमिकहरूको मागलाई बेवास्ता गरिए आन्दोलनमार्फत् थप दबाब सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने संकेतबसमेत दिएका छन्।

About Author

Advertisement