खरसाङ: खरसाङ महकुमा शासकको रुपमा २०११ ब्याजका डब्ल्युबीसीएस अफिसर पेमा शेर्पाले पदभार सम्हालेका छन्। खरसाङ महकुमा शासकको पदबाट आईएएस प्रिया यादवको स्थान्तरणपछि खरसाङ महकुमा शासकको रुपमा डब्ल्युबीसीएस अफिसर पेमा शेर्पाले शुक्रवारदेखि पदभार सम्हालेका छन्। उनी योभन्दा अघि कालेबुङ जिल्लाको पेदोङमा जिल्ला पञ्चायत अनि ग्रामीण विकास अधिकारीको रुपमा कार्यरत् थिए। डब्ल्युबीसीएस अफिसर पेमा शेर्पाले शुक्रवारदेखि खरसाङ महकुमा शासकको रुपमा आफ्नो नयाँ जिम्मेवारीका साथमा पदभार ग्रहण गरेका छन्।





