लालकोठीमा जीटीए सम्बन्धी महत्वपूर्ण सभा सम्पन्न

912b4fa8-0810-41d6-a237-4ba1ceb6df4b

राजीनामा घोषणा गरिसकेका सभासदहरू पनि उपस्थित

दार्जिलिङ:
दार्जिलिङस्थित ऐतिहासिक लालकोठीमा आज गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन जीटीए सम्बन्धी महत्वपूर्ण सभा सम्पन्न भएको छ। सभामा जीटीएका वर्तमान सभासदहरू तथा सम्बन्धित अधिकारीहरूसँगै केही महिना अघि सामाजिक सञ्जालमार्फत जीटीएको सभासद पदबाट राजीनामाको घोषणा गरेका सभासदहरू पनि उपस्थित रहेको जानकारी प्राप्त भएको छ।
उक्त सभामा जीटीए क्षेत्रको विकास, प्रशासनिक गतिविधि तथा जनहितसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको बताइएको छ। यसको साथै जीटीए क्षेत्रको समग्र विकासलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै आवश्यक निर्णयहरू लिइएको जनाइएको छ।
राजीनामा घोषणा गरेका सभासदहरूको सभामा उपस्थितिले पनि बैठकलाई थप चासोको विषय बनाएको छ। सभामा भएका निर्णयहरूले आगामी दिनमा जीटीए क्षेत्रको विकास, प्रशासनिक कार्यसम्पादन तथा जनहितका विषयलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement