खरसाङ: प्रधानमन्त्री आवास योजना हाउस फर अलका सम्पूर्ण लाभार्थीहरूको महत्वपूर्ण सभा शनिबार खरसाङस्थित एक होटलको हलमा दिउँसो २ बजे आयोजना गरिने भएको छ। सभामा नगरपालिकाले हालसम्म लाभार्थीहरूको मागपछि उपलब्ध गराएको प्रतिवेदनमा के-कस्ता विवरण समावेश छन्, योजनाको वास्तविक अवस्था के छ तथा अझैसम्म लाभार्थीहरूले पाउनुपर्ने रकम किन भुक्तानी नभएको हो भन्ने विषयमा विस्तृत छलफल गरिने जानकारी रामकृष्ण शर्माले दिएका छन्। यसैबी रामकृष्ण शर्माले नगरपालिका प्रशासनले अब पनि लाभार्थीहरूको बाँकी रकम भुक्तानी नगरेमा कडा कारबाही अघि बढाउने चेतावनी दिएका छन्। लाभार्थीहरूको हकको रकममा थप ढिलाइ स्वीकार्य नहुने बताउँदै उनले नगरपालिकासँग स्पष्ट जवाफ र तत्काल कार्यान्वयनको माग गरेका छन्। सभामा प्रधानमन्त्री आवास योजना हाउस फर अलका सम्पूर्ण लाभार्थीहरूलाई उपस्थित भई आगामी कदमबारे छलफलमा सहभागी हुन आह्वान गरिएको छ।





