भागोप्रमोको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको मालुटार शाखा कमिटी गठन

IMG-20260924-WA0096

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको मालुटार चियाबारी शाखा कमिटी गठन गरिएको छ। उक्त शाखा कमिटी गठनको लागि मालुटार चियाबारीमा तीनवटा डिभिजनहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति राजेस थापाको अध्यक्षतामा र प्रह्लाद छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र महासचिव जनक छेत्री अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सचिव केवल राई, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत अन्यहरु विशेष गरेर उपस्थित रहेका थिए। यही सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार शाखा कमिटीको गठन गरिएको छ। उक्त शाखा कमिटीमा सभापति प्रह्लाद छेत्री, उप सभापति सुमेन्द्र राई, सचिव कमल सुब्बा, सह सचिव अजित राई, कोषाध्यक्ष सनिप सुब्बा, मुख्य सल्लाहकारमा पूर्ण लामा, राकेस राई, सञ्जीव सुब्बा लगायत अन्य कार्यकारी सदस्यहरू चयन भएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मालुटार चियाबारी शाखाको सभापति प्रह्लाद छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement