रिम्बिक: राज्य सरकारद्वारा सञ्चालित महत्वाकांक्षी योजनामध्ये एक हो अन्नपूर्ण योजना हो जस अन्तर्गत मासिक सरकारी सहयोग रकम महिलाहरु पाउने गर्दछ्न्। यद्यपि राज्यका धेरै महिलाहरु उक्त राशि प्राप्त गर्न नसकेको गुनासोहरु प्रशस्तै छन्। यस्तै अन्नपूर्ण योजना प्राप्त नगरेको गुनासो लिएर दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ लोधोमा एक ग्राम पञ्चायत अन्तर्गत विभिन्न गाउँका महिलाहरू पञ्चायत कार्यालय पुगेका थिए। महिलाहरूले कागजात खण्ड विकास कार्यालयमा पठाउन ढिलाइ गरेको तथा योजनामा पक्षपात र अनियमितता भएको आरोप लगाएका छन्।
अर्कोतिर पञ्चायत पक्षले भने पोर्टल बन्द रहेकाले भुक्तानीमा ढिलाइ भएको जनाउँदै पोर्टल खुलेपछि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्। महिलाहरूले भने आफूहरूलाई चाँडो रकम उपलब्ध गराउन माग गर्दै लापरबाही दोहोरिए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्।





