गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले राष्ट्रिय सेवा योजना (एनएसएस) दिवसका अवसरमा समर्पण र सेवाको भावनालाई जीवन्त बनाउँदै आएका युवा स्वयंसेवकप्रति शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय सेवा योजनासँग आबद्ध युवा स्वयंसेवकहरूले समाजप्रतिको जिम्मेवारी, सहानुभूति र सेवाभावका साथ निरन्तर नागरिकको साथमा उभिँदै आएको बताएका छन्।
उनका अनुसार स्वयंसेवकहरूले समाजसँग प्रत्यक्ष जोडिने बलियो सेतुका रूपमा काम गर्दै आएका छन्। उनीहरूको निष्ठा, समर्पण र निःस्वार्थ सेवाले बलियो तथा उत्तरदायी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै ‘विकसित भारत’ निर्माणको संकल्पलाई समेत थप मजबुत बनाएको मुख्यमन्त्री सरमाले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले युवाहरूमा रहेको सेवाभाव र सामाजिक उत्तरदायित्वले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। राष्ट्रिय सेवा योजनामार्फत युवाहरूले समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक सेवाका विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएको उनले स्मरण गरेका छन्।
मुख्यमन्त्री सरमाले सेवाको यो यात्रा निरन्तर अघि बढिरहोस् भन्ने शुभकामनासहित एनएसएसका सबै युवा स्वयंसेवकको योगदानको प्रशंसा गरेका छन्।
उनले युवाको ऊर्जा, समर्पण र निःस्वार्थ सेवाभावलाई राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै सामाजिक सेवाप्रतिको प्रतिबद्धता आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरेका छन्।





