कोविड़ बङ्गाल: कोरोनाको ३३ नयाँ मामिला, १३९ जना भए कोरोनामुक्त

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ३३ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा १३९ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१७,९११ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९५,४१८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५२७ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ४,४७० जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,६६४,११३ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९४℅ र सकारात्मक दर ०.७४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९२५,९८८ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement