गान्तोक: सिक्किम भ्रमणमा रहेका केन्द्रिय केमिकल, फर्टिलाइजर, नवीन तथा नवीकरण उर्जा राज्यमन्त्री भगवन्त खुबाले शुक्रवार भारत-चीन सीमा क्षेत्र नथुला, शेरेथाङ र बाबा मन्दिर भ्रमण गरे।
नथुलामा मन्त्री खुबालाई सेनाका अधिकारीहरूले स्वागत जनाए अनि नथुला घाटीको ऐतिहासिक महत्वबारे जानकारी गराए। बाबा मन्दिरको भ्रमणको साथ मन्त्रीले आफ्नो भ्रमण समाप्त गरेका छन्।











