दिवङ्गत सुवेदार (सेवानिवृत्त) च्याङ छिरिङ भोटियाप्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

FB_IMG_1790008419579

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले दिवङ्गत सुवेदार (सेवानिवृत्त) च्याङ छिरिङ भोटियाको निवासस्थान पुगेर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना समेत गरे।
​सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री तामाङले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखको घडीमा परिवारको साथमा रहेको बताएका छन्। दिवङ्गत आत्मालाई वैकुण्ठवास मिलोस् र शोकाकुल परिवारलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति, साहस अनि धैर्य प्राप्त होस् भन्दै उनले ईश्वरसँग प्रार्थना गरेका छन्।

About Author

Advertisement