गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले दिवङ्गत सुवेदार (सेवानिवृत्त) च्याङ छिरिङ भोटियाको निवासस्थान पुगेर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना समेत गरे।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री तामाङले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखको घडीमा परिवारको साथमा रहेको बताएका छन्। दिवङ्गत आत्मालाई वैकुण्ठवास मिलोस् र शोकाकुल परिवारलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति, साहस अनि धैर्य प्राप्त होस् भन्दै उनले ईश्वरसँग प्रार्थना गरेका छन्।





