‘नेसनल ह्यान्डलुम अवार्ड’ विजेता शीतल तामाङलाई मुख्यमन्त्रीद्वारा बधाई तथा शुभकामना

FB_IMG_1789818167728

​गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले ‘नेसनल ह्यान्डलुम अवार्ड २०२५’ बाट सम्मानित हुनुभएकी शीतल तामाङलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
​मुख्यमन्त्री गोलेले आज आफ्नै सरकारी निवासमा श्रीमती तामाङसँग भेटघाट गर्दै उहाँले हातपारेको उल्लेखनीय सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्नुभएको हो।
​सामाजिक सञ्जालमार्फत भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै मुख्यमन्त्री गोलेले सिक्किमको समृद्ध हातबुना (ह्यान्डलुम) सम्पदाको संरक्षण र प्रवर्द्धनमा शीतल तामाङले पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्रदान गरिएको बताउनुभएको छ।
​”उहाँको यो उपलब्धि सम्पूर्ण सिक्किमका लागि गर्वको विषय हो,” मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “परम्परागत शिल्प र सांस्कृतिक विरासतलाई निरन्तर जोगाउँदै आएका हाम्रा बुनाइकर्मी तथा कारिगरहरूका लागि उहाँको सफलता ठूलो प्रेरणाको स्रोत बनेको छ।”
​मुख्यमन्त्री गोलेले श्रीमती तामाङको उज्ज्वल भविष्य र आगामी कार्यको सफलताको कामना गर्दै उहाँको लगनशीलताले सिक्किमको हातबुना परम्परालाई अझ अघि बढाउन धेरैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

About Author

Advertisement