नाम्ची जिल्ला अस्पतालमा जटिल मेरुदण्डको शल्यक्रिया सफल, उन्नत हाडजोर्नी उपचारमा नयाँ उपलब्धि

FB_IMG_1789585403503

​नाम्ची: जिल्ला अस्पताल नाम्चीको हाडजोर्नी विभागले एक जटिल मेरुदण्ड (स्पाइनल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी जिल्लास्तरमै विशिष्टीकृत शल्यक्रिया सेवा विस्तारमा नयाँ कोशेढुङ्गा थपेको छ।
​मेरुदण्डको गम्भीर समस्या (एल४–एल५ पीआईवीडी र एल५–एस१ डिस्क हर्नियसन) का कारण खुट्टाको स्नायु प्रणालीमा गम्भीर असर परी चाल हराएकी २३ वर्षीया महिला बिरामीको ‘ट्रान्सफोरामिनल लम्बर इन्टरबडी फ्युजन’ विधिबाट सफल शल्यक्रिया गरिएको छ।

​अस्पतालका जोइन्ट रिप्लेसमेन्ट, आर्थ्रोस्कोपिक तथा स्पाइन सर्जन डा. कञ्चन गुरुङका अनुसार नाम्ची अस्पतालमा अहिलेसम्म १ हजारभन्दा बढी जोइन्ट रिप्लेसमेन्ट र आर्थ्रोस्कोपिक शल्यक्रिया भइसकेका छन्। अब अस्पतालले न्यूनतम चीरफार (मिनिमल इन्भेसिभ) मेरुदण्ड शल्यक्रिया र भविष्यमा रोबोटिक शल्यक्रिया सेवातर्फ पाइला बढाएको छ।
​यस सफलतासँगै स्थानीय स्तरमै जटिल शल्यक्रिया उपलब्ध हुनाले बिरामीहरूले उपचारका लागि जिल्लाबाहिरका ठूला अस्पतालहरूमा जानुपर्ने बाध्यता हट्दै गएको छ।

About Author

Advertisement