नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले प्रक्षेपण गरेको नयाँ पृथ्वी अवलोकन भू-उपग्रह ‘ईओएस-०५’ को सफलतामा गोदरेज इन्टरप्राइज ग्रुपले ठूलो प्राविधिक योगदान पुर्याएको छ। कम्पनीको एरोस्पेस व्यवसायले निर्माण गरेका अत्याधुनिक तथा संवेदनशील प्रणालीहरूले उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी अन्तरिक्षको तोकिएको कक्षमा स्थापित गराउन निर्णायक भूमिका खेलेका छन्।इसरोको शक्तिशाली ‘जीएसएलवी-एफ१७’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको ‘ईओएस-०५’ उपग्रहले मौसमको सटीक पूर्वानुमान, कृषि क्षेत्रको योजना, प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र वातावरणीय निगरानीमा दूरगामी सहयोग पुर्याउनेछ। यसबाट प्राप्त हुने तथ्याङ्कले विपद् व्यवस्थापन र विकास निर्माणका योजना तय गर्न ठूलो राहत मिल्ने विश्वास लिइएको छ।यस मिसनका लागि गोदरेज एरोस्पेसले विकास इन्जिन, क्रायोजेनिक इन्जिन नोजल र स्याटेलाइट थ्रस्टरका अति महत्त्वपूर्ण पाटपुर्जाहरू निर्माण गरेको थियो। विगत चार दशकभन्दा बढी समयदेखि इसरोका विभिन्न मिसनहरूमा निरन्तर सहकार्य गर्दै आएको गोदरेजले यस सफलतालाई स्वदेशी इन्जिनियरिङ र आत्मनिर्भरताको दिशामा अर्को महत्त्वपूर्ण कोसेढुङ्गा भनेको छ।






