आधुनिक भारत निर्माणमा योगदानको उच्च कदर
ईटानगर: इञ्जिनियर दिवसका अवसरमा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले भारत रत्न सर एम. विश्वेश्वरैयाको योगदानलाई स्मरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले खानेपानी व्यवस्थापन, बाँधको डिजाइन र पूर्वाधार विकासमा विश्वेश्वरैयाको दूरदर्शी योगदानले नै आधुनिक भारत निर्माणको बलियो जग बसालेको बताएका छन्।
सन् १९५५ मा भारत रत्नबाट सम्मानित सर एम. विश्वेश्वरैयाको कार्यप्रतिको समर्पण र अनुशासन आज पनि विश्वभरका इन्जिनियरहरूका लागि मार्गदर्शन बनेको खाण्डूले उल्लेख गरेका छन्।
यसै अवसरमा उनले नयाँ प्रविधि, नवप्रवर्तन र समस्या समाधानमार्फत देशको भविष्य निर्माणमा निरन्तर लागिपरेका सम्पूर्ण इन्जिनियरहरूलाई राष्ट्रिय इन्जिनियर दिवसको हार्दिक शुभकामना समेत दिएका छन्।





