तीन दिवसीय श्री गणेश चतुर्थी पूजाको दोस्रो दिन तीनधारेमा विद्यार्थीमुखी कार्यक्रम सम्पन्न

IMG-20260915-WA0080

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको ग्राम कल्याण समिति क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरको आयोजनामा भईरहेको तीन दिवसीय गणेश चतुर्थी पूजाको दोस्रो दिन विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रम सम्पन्न भएको छ। गणेश चतुर्थी पूजा अन्तर्गत पहिलो दिन तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूल परिसरदेखि गोलाई पाखास्थित राधाकृष्ण मन्दिर परिसरसम्म भगवान गणेशको मूर्ति परिक्रमा गरिएको थियो। यसको साथै दोस्रो दिन मंगलबार रामेश्वर शिवालय मन्दिरमा विद्यार्थी नानीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमको आयोजना गरिएको छ। यस अन्तर्गत चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर नेपाली र अङ्ग्रेजी भाषामा हेण्ड राईटिङ प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा जम्मा १९ जना विद्यार्थी नानीहरुले भाग लिएका‌ थिए। यस प्रतियोगितामा निर्णायकको रुपमा शिक्षक देवेन मंगर उपस्थित रहेका थिए। यसमा प्रथम रिगल अकादमीकी सृष्टि सुनार, दोस्रो रंगटङ्ग २ नम्बर बस्ती प्राथमिक पाठशालाकी जेनी दर्नाल र तेस्रो तीनधारे चियाबारी प्राथमिक पाठशालाकी प्रेरणा राई भएका छन्। त्यसरी नै पाँचौंदेखि आठौं श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको छ जसमा भगवान गणेशको मूर्तिको नक्सा बनाउनु पर्ने थियो। यस प्रतियोगितामा निर्णायकको भूमिकामा कर्म मोक्तान उपस्थित रहेका थिए भने यसमा जम्मा १० जना विद्यार्थी नानीहरुले भाग लिएका‌ थिए।‌ यस प्रतियोगितामा प्रथम तीनधारे क्रिकेट बजारका निर्भय प्रधान, दोस्रो तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी तृष्णा ब्राह्मण र तेस्रो पनि तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी दृष्टि छेत्री भएका छन्। त्यसरी नै नवौँ र दशौँ श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो जसमा नानीहरुले दशैं तिहार विषयमा निबन्ध लेख्नु पर्ने थियो। यस निबन्ध लेखन प्रतियोगितामा जम्मा ७ जना विद्यार्थी नानीहरुले भाग लिएका‌ थिए भने निर्णायकको रुपमा हनोक थापा र मञ्जु ब्राह्मण उपस्थित रहेका थिए। यस निबन्ध प्रतियोगितामा प्रथम तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी स्मिता पाख्रिन, दोस्रो तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका आयोग्य राई र तेस्रो पनि तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका महमद सकिल भएका छन्। सबै बिजयी प्रयियोगीहरुलाई अतिथिहरुका बाहुलीबाट खदार्पणसहित मेडल र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा गत सोमबारदेखि तीन दिवसीय श्री गणेश चतुर्थी पूजा आयोजना भईरहेको छ।

यस श्री गणेश चतुर्थी पूजा पण्डितद्वय राजेन निरौला र राहुल ब्राह्मणको अगुवाईमा चलिरहेको छ। यस यसो दिवसीय श्री गणेश चतुर्थी पूजामा सहयोगको लागि आयोजक समितिको तर्फबाट पूर्व जीटीए प्रमुख अनित थापालाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। यस तीन दिवसीय श्री गणेश चतुर्थी पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर क्रिकेट बजारका श्री गणेश चतुर्थी आयोजक समितिको संयोजक बिमल गुरुङ र कार्यकारी सदस्य देवेन मंगरले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement