खरसाङ: वन विभागद्वारा खरसाङ रेञ्ज अन्तर्गत घुम्ती चियाबारीमा फेरि एउटा किङ्ग कोब्रा उध्दार गरेको छ। प्राप्त जानकारी अनुसार वन विभागको खरसाङ रेञ्जका रेञ्जर अफिसर मनोजकुमार छेत्रीलाई घुम्ती चियाबारीबाट जानकारी आएपछि उनकै निर्देशनमा वन विभागको टोली पुगेर घुम्ती चियाबारीको हाउस डाँडा पाखाबाट ९ फिटको किङ्ग कोब्रा उध्दार गरेको छ। मंगलवार बिहानको समयमा जानकारी पाएपछि वन विभागको टोली घुम्ती चियाबारी पुगेर घुम्ती चियाबारीबाट वन विभागको टोलीले किङ्ग कोब्रालाई उध्दार गरेको छ। वन विभागको टोलीमा सर्प विशेषज्ञ रोशन थापा र सियोक प्रधान र टोलीले सर्पलाई सुरक्षित उध्दार गरेर लगेर सुरक्षित स्थानमा रहेको जंगल क्षेत्रमा छोडिदिएको जानकारी प्राप्त भएको छ। वन विभागको टोलीमा गएको सर्प विशेषज्ञ रोशन थापाले घुम्ती चियाबारीका स्थानीयहरुलाई सर्प विषयमा सचेतना पनि गराएका थिए। उनले स्थानीयहरुलाई सर्पसित लावरवाही नगर्ने किनभने खरसाङ क्षेत्रमा विभिन्न प्रजातिका सर्पहरु पाइने र सर्प भेटिएमा वन विभागलाई तुरुन्तै खबर गरिदिने निवेदन पनि गरेका छन्। उल्लेखनीय छ, गत शुक्रबार पनि वन विभागको तर्फबाट घुम्ती चियाबारीको कारखाना पाखाबाट किङ्ग कोब्रा उध्दार गरेको थियो भने त्यसको लगत्तै चार दिनपछि मंगलवार पुन: अर्को किङ्ग कोब्रा उध्दार गरिएको छ।





