अल ईण्डिया बुद्धिष्ट फोरमको ऐतिहासिक सभा सम्पन्न

IMG-20260914-WA0123

मिरिक: मिरिकको स्थानीय जम्बुलिङ् बौद्ध गुम्बामा अल ईण्डिया बुद्धिष्ट फोरमको एक सभा मिरिक महकुमा फोरम अध्यक्ष मणि जोशी नेवारको अध्यक्षतामा सम्पन्न भयो।
सभाको आरम्भ फोरम केन्द्रीय समिति अध्यक्ष जम्बु लामा, फोरम महासचिव एवं महाबोधि आन्दोलन राष्ट्रिय महासचिव आकाश लामा, फोरम उपाध्यक्ष एवं महाबोधि आन्दोलन कोषाध्यक्ष एम. के. योञ्जन, फोरम प्रचारप्रसार सचिव एंव मुक्ति आन्दोलन राष्ट्रिय कार्यकारी सदस्य सुरेन पाखरिन, पासाङ पाखरिन आदिको प्रमुख उपस्थितिमा आरम्भ भएको छ। उक्त सभा धर्मगुरु खेन्पो जोग्छेन मोक्तान लामाको अगुवाईमा हालै छिमेकी देश नेपालमा भएको विध्वंसकारी बाढीमा परी मृत्युु हुने दिवंगत आत्माहरुको मोक्ष प्राप्ति हेतु द्विप प्रज्वलन संगै टाँसी ग्येपा मोन्लम पाठ गरियो।
यसै क्रममा अल ईण्डिया बुद्धिष्ट फोरमको अध्यक्ष जम्बु लामाले एक सच्चा बौद्ध हुनको निम्ति के कस्तो गुण, आचरण,व्यक्तिमा हुनु पर्ने तत्रचेतनाको विकास कसरी गर्दै आफू लगायत तमाम बौद्ध समाज, धरोहरलाई संरक्षण विकाश गर्दै लानु पर्ने बिषय सभालाई अवगत गराए साथै बुद्ध जयन्तीको पवित्र दिनलाई सरकारी छुट्टी दिलाउन गरिएको फोरमको प्रयास र कार्यहरुको विवरण प्रस्तुत गरे। सभालाई पाल्युल सेन्टर आठ माईल मिरिक बौद्ध गुम्बा धर्मगुरू खेन्पो जोग्छेन मोक्तान लामाद्वारा बौद्ध आचरणलाई प्रत्येक माता पिताले आफू लगायत आफ्नो नानीहरू लाई दैनिक रुपमा व्यवहारमा प्रयोग गर्न प्रेरित गर्न पर्ने बारे शिक्षा दिनु को साथै ईतिहासमा भारत बर्षमा बौद्धहरुलाई मास्न कसको षड्यन्त्र रहेको बारे उल्लेख गरे। अल ईण्डिया बुद्धिष्ट फोरम एवं वर्तमान महाबोधि महाविहार आन्दोलनको प्रनेता, राष्ट्रिय महासचिव आकाश लामाले फोरमको स्थापना गर्नको उदेश्य र यसको लक्ष्य बारे स्पष्ट पार्दै कुनै बौद्ध संघ- संगठन संग प्रतिश्पर्धा नगरी सारा भारत बर्ष भरिका बौद्ध संघ, संगठनहरुलाई एकताको सुत्रमा एकत्रित गराई राष्ट्रिय स्तरमा बौद्ध हरुको चिन्हारी, बौद्ध हरुको ऐतिहासिक धरोहरुलाई संरक्षण गरि विश्व सामु भारत बुद्ध भूमि रहेको प्रमाण दिलाउन रहेको बताए। उनले वर्तमानमा फोरमको मुख्य काम गत १२ फरवरी २०२५ देखि भारतका अन्य बौद्ध संगठनहरुलाई लिएर बनाईएको महाबोधि महाविहार मुक्ति आन्दोलन, जसलाई बौद्ध विद्वान पण्डित अनागरिक धर्मपाल द्वारा सन् १९९१ सालमा जमिनी आन्दोलन संगै तिनताकका सर्वोच्च अदालत मा महाबोधि महाविहार (बुद्ध गया) लाई महन्त ब्राह्मण हरुको कब्जाबाट मुक्त गरि बौद्ध हरुको हातमा यसको सञ्चालनको अधिकार सुम्पनु रहेको उल्लेख गर्दै कालान्तरमा भन्ते सुरेश ससाई द्वारा त्यसै सन्दर्भमा गत २०१२ मा सर्वोच्च अदालतमा रिट पिटिसन फाईल गरेको तथापि यसको सुनवाइ मा धेरै विलम्ब भएको कारण आफूले २०२३ मा पुनयाचिका सुप्रिम कोर्टमा बुझाउनु को साथै महाबोधि मुक्ति आन्दोलनको जोडदार शूरुवात गरिएकोले गत १६ मई २०२५ को दिनदेखि सर्वोच्च अदालतले महाबोधि मुक्ति( बीटी एक्ट १९४९) बारे सुनवाइ प्रक्रिया शूरु गरेको उल्लेख गर्दै निरन्तर रुपमा यसको सुनवाइ वर्तमानमा चलिरहेको तथा नब्बे प्रतिशत मुद्दा बौद्ध हरुको पक्षमा रहेको सकरात्मक पहलबारे सभालाई अवगत गराए।

अन्तमा महाबोधि महाविहार मुक्ति आन्दोलनलाई देशव्यापी रूपमा अझ व्यापक प्रचारप्रसार गर्न एक पुस्तक हिन्दीमा प्रकाशित गरिएको जसमा पण्डित अनागरिक धर्मपाल, भन्ते सुरेश ससाई देखि लिएर वर्तमानमा आन्दोलन प्रमुख माननीय आकाश लामाको महत्त्वपूर्ण योगदान र समर्पण बारे उल्लेख गरिएको छ जसलाई नेपाली भाषामा अनुवाद गर्ने जिम्मेवारी मिरिक निवासी डा. कमला तामाङले लिएको जानकारी फोरम प्रचारप्रसार सचिव सुरेन पाखरिनले एक प्रेस विज्ञप्ति जारी गरेको छ।

About Author

Advertisement