`बिग थ्री’-को शीर्ष १०-मा वर्चस्व समाप्त, शेल्टन अघि बढ़ेर चौथो स्थानमा

IMG-20260914-WA0135

नयाँ दिल्ली: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचको विश्व ऱ्याङकिंगमा ह्रास आएपछि २०२२ पछि पहिलोपल्ट बिग थ्री’ (रोजर फेडरर, रफायल नडाल र नोवाक जोकोविच)-मा कुनै पनि पुरुष खेलाड़ी एटीपी ऱ्याङकिंगको शीर्ष १०-मा सामेल छैनन्। यी तीनजना खेलाड़ीहरूमा एकमात्र ३९ वर्षीय जोकोविच अहिले खेलिरहेका छन्। सालको अन्तिम ग्राण्ड स्ल्याम अमेरिकी ओपनमा खराब प्रदर्शनले गर्दा उनी पाँचौं स्थानबाट झरेर १२औं स्थानमा पुगेका छन्। अक्टोबर २०२२ पछि यो पहिलो अवसर हो जब बिग थ्री’-का कुनै पनि खेलाड़ी शीर्ष १०-मा सामेल छैनन्। फेडरर र नडालले क्रमशः २०२२ र २०२४-मा खेलबाट सन्न्यास लिएका थिए। फेडररले ४१ वर्ष र नडालले ३८ वर्षको उमेरमा खेलबाट बिदा लिएका थिए। जोकोविचले अमेरिकी ओपनको पहिलो राउण्डमा मारियानो नावोनविरुद्ध हारको सामना गर्नु परेको थियो। जोकोविचको नाममा रेकर्ड २४ वटा एकल ग्राण्ड स्ल्याम खिताब रहेको छ। यसरी नडालले २२ र फेडररले २० वटा एकल ग्राण्ड स्ल्याम खिताब जितेका थिए। फेडररले अक्टोबर २००२-मा पहिलोपल्ट शीर्ष १०-मा स्थान बनाएका थिए अनि २०१६-को अन्तसम्म त्यहाँ कायम रहे। यसरी नडालले २००५-मा पहिलोपल्ट शीर्ष १०-मा स्थान बनाएका थिए। स्पेनका यस खेलाड़ीले २०२३-सम्म लगातार ९१२ हप्ता शीर्ष १०-मा स्थानलाई कायम राखेका थिए, जुन एउटा रेकर्ड हो। यसरी जोकोविच २००७-मा शीर्ष १०-मा प्रवेश हुने `बिग थ्री’-का अन्तिम खेलाड़ी थिए। ताजा पुरुष एकल ऱ्याङकिंगमा इटलीका यानिक सिनर, स्पेनका कार्लोस अल्काराज र अमेरिकी ओपन च्याम्पियन जर्मनीका अलेक्जेण्डर ज्वेरेव शीर्ष ३-मा सामेल छन्। अमेरिकी ओपनको फाइनलमा पराजित हुने बेन शेल्टनले ५ स्थान अघि बढ़ेर चौथो स्थान हासिल गरेका छन्।

About Author

Advertisement