सिलगुढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत रहेको बागडोगरा पुलिस थानाले नदीजन्य पदार्थ (आरबीएम) को अवैध ओसारपसारविरुद्ध कडा कारबाही अघि बढाएको छ।
पुलिसले सञ्चालन गरेको विशेष अभियानका क्रममा बागडोगरा थाना क्षेत्रको अय्याप्पा मन्दिर र पानीघाटा मोड इलाकाबाट नदीजन्य पदार्थ लोड गरिएका दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
ट्र्याक्टरसँगै तिनका चालकहरू दार्जिलिङ जिल्लाको बागडोगरा थानाअन्तर्गत दिमालजोत निवासी गोविन्द क्षेत्री र राजीजोत निवासी ४२ वर्षीय बिलेयम तिर्कीलाई पुलिसले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध बागडोगरा थानामा कानुनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको पुसलिले जनाएको छ।





