मुख्यमन्त्रीद्वारा हरितालिका तीजको शुभकामना व्यक्त

IMG-20250517-WA0258

​गान्तोक: सिक्किमका मुख्यमन्त्रीले हरितालिका तीजको पावन अवसरमा राज्यवासी, विशेष गरी सम्पूर्ण आमा तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
​तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीले यो पर्व प्रेम, भक्ति, आस्था र आत्मीयताको प्रतीक भएको बताएका छन्। तीजले हाम्रा सांस्कृतिक तथा आध्यात्मिक परम्परामा विशेष स्थान ओगट्नुका साथै दिदीबहिनीहरूबीचको आपसी सम्बन्ध र पारिवारिक एवम् सामाजिक मूल्य-मान्यतालाई अझ प्रगाढ बनाउने उनले उल्लेख गरेका छन्।
​सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, “यस पवित्र अवसरमा भगवान् शिव र माता पार्वतीको दिव्य आशीर्वादले प्रत्येक घरपरिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्।” तीजको भावनाले आपसी प्रेम, सद्भाव र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउँदै शान्त र समृद्ध सिक्किम निर्माणमा निरन्तर अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन्।
​

About Author

Advertisement