एनजेपी पुलिसद्वारा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

FB_IMG_1789395907203

​सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत रहेको एनजेपी (न्यू जलपाइगुडी) पुलिस थानाले चोरी भएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।
​गत भदौ २३ (सेप्टेम्बर ९) मा एनजेपी थानाअन्तर्गत सिपाइपारा कम्पनी गेटबाट एउटा होन्डा साइन मोटरसाइकल चोरी भएको उजुरी परेपछि पुलिसले अनुसन्धान अघि बढाएको थियो।
​अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत (आईओ) एएसआई मुन्ना अहमदको टोलीले विशेष सूचनाका आधारमा आरोपीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जलपाइगुडी जिल्लाको एनजेपी थानाअन्तर्गत बाक्राभिटा स्थायी घर भई हाल राजगञ्ज थानाको तालमास्थित देवी ठाकुरबारी बस्दै आएका २३ वर्षीय दीपक राय (उपनाम का लु) रहेका छन्।
​पुलिसले रायको कब्जाबाट चोरी भएको होन्डा साइन मोटरसाइकलसमेत बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

Advertisement