हुतीद्वारा सम्पूर्ण रातो सागर तट र तीन रणनीतिक टापुहरूमा कब्जा

8ffeaa59-947d-470e-beac-5641d007c44f

बाब-अल-मन्देबमा पकड बलियो

यमन: इरान समर्थित हुती विद्रोहीहरूले शुक्रबार यमनको सम्पूर्ण रातो सागर (रेड सी) तट र तीन रणनीतिक टापुहरूमा कब्जा जमाएका छन्। एक हप्तादेखि जारी तीव्र सैन्य अभियानपछि हुतीहरूले बाब-अल-मन्देब जलडमरूमध्यमा पनि आफ्नो नियन्त्रण बलियो बनाएका छन्। यो जलमार्ग युरोप र एसियाबीचको समुद्री व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो, जसले रातो सागर हुँदै स्वेज नहरलाई जोड्छ। यमनको साउदी समर्थित सरकारका अधिकारीहरूका अनुसार हुतीहरूले मयून टापु, ग्रेटर हनिस र लेसर हनिसमा कब्जा गरेका छन्। एक सैन्य अधिकारीले पश्चिमी तटमा सरकारको नियन्त्रणमा रहेको सम्पूर्ण क्षेत्र अब हुतीहरूको कब्जामा गएको बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार हुती लडाकुहरू बाब-अल-मन्देबको तटमा तैनाथ छन् र सैन्य गाडीहरूबाट गस्ती गरिरहेका छन्।
​साउदी तेल ट्याङ्करहरूमाथि खतरा बढ्यो
​मयून टापुमा कब्जा जमाएसँगै हुतीहरूको रणनीतिक स्थिति थप बलियो भएको छ। यसबाट उनीहरूले साउदी अरबका तेल ट्याङ्करहरूलाई निशाना बनाउन सक्ने क्षमता अभिवृद्धि गर्न सक्छन्। इरानद्वारा होर्मुज जलडमरूमध्य नाकाबन्दी गरिएपछि साउदी अरब आफ्नो तेल निर्यातका लागि रातो सागरको मार्गमा बढी निर्भर हुँदै आएको छ। इरानी सर्वोच्च नेताका सल्लाहाकार मोहम्मद मुखबरले हुतीहरूलाई उनीहरूको ‘ठूलो जित’ मा बधाई दिएका छन्। हुती सैन्य प्रवक्ता याह्या सरीले बाब-अल-मन्देबबाट हुने समुद्री आवतजावत बाँकी सबै कम्पनीहरूका लागि सुरक्षित रहेको तर साउदी जहाजहरूमाथिको प्रतिबन्ध भने जारी रहने बताएका छन्।

About Author

Advertisement