इन्जिनियर्स अन्तरविभागीय फुटसलको सेमिफाइनल समीकरण पूरा

FB_IMG_1788711956578

गान्ताेक: इन्जिनियर्स डे २०२६ को अवसरमा आयोजित ‘इन्जिनियर्स अन्तरविभागीय फुटसल टुर्नामेन्ट २०२६’ को क्वाटरफाइनल चरणका खेलहरू समाप्त भएका छन्। अल सिक्किमीज डिप्लोमा इन्जिनियर्स एसोसिएसन (एएसडीइए) को आयोजना तथा फुटसल एसोसिएसन अफ सिक्किम (एफएएस) को सहकार्यमा जिएमसी फुटसल एरेनामा जारी प्रतियोगिताबाट अन्तिम चार टोलीको टुङ्गो लागेको हो।
​आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा आरडीडी साउथ वेस्टले आरडीडी इस्टलाई ९–२ को फराकिलो मतान्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो। यस्तै, दोस्रो रोमाञ्चक खेलमा वाटर रिसोर्सेज डिपार्टमेन्टले पिएचइ डिपार्टमेन्टलाई ७–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ।

कार्यक्रममा जलस्रोत विभागका प्रमुख कार्यकारी इन्जिनियर (पिएसइ) राजीव सुब्बा प्रमुख अतिथि रहेका थिए। त्यसैगरी सामाजिक कल्याण विभागका मुख्य इन्जिनियर थिन्ले ग्यात्सो चङ्कपा, अतिरिक्त मुख्य इन्जिनियर पेम्ला छिरिङ भुटिया र डिभिजनल इन्जिनियर दिवस अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
​क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ। सोमबार हुने पहिलो सेमिफाइनलमा रोड्स एन्ड ब्रिजेज (सिभिल) र आरडीडी साउथ वेस्ट भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा ट्रान्सपोर्ट डिपार्टमेन्ट र वाटर रिसोर्सेज डिपार्टमेन्ट आमनेसामने हुने एएसडीइएका प्रचार सचिव चुमिला भुटियाले जानकारी दिएका छन्।

About Author

Advertisement