खरसाङ (६ सेप्टेम्बर): भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा असंगठित श्रमिक संगठनको सभा खरसाङ टाउन कमिटी अध्यक्ष बीरबल पाख्रिनकाे अध्यक्षतामा खरसाङ महकुमा कार्यालयमा सम्पन्न भयो। उक्त सभाको सञ्चालन टाउन कमिटीका मूल सचिव राजु सेवाले गरेका थिए। सभामा खरसाङ टाउन कमिटीका उपाध्यक्ष सन्तोष परि, सांगठनिक सचिव कुनाल छेत्रीले वक्तव्य राखेका थिए। सभामा सभाध्यक्ष बीरबल पाख्रिनले आफ्नो अध्यक्षीय भाषणमा यो सभा पार्टी अध्यक्ष अनित थापाको सुझाव बमोजिम खरसाङका श्रमिकहरूलाई सहयोग पुराउन हेतु गरिएकाे हाे र आउँदो केही दिनमा नै उनको सहयोगमा श्रमिकहरुको निम्ति आफ्नो अधिकारलाई लिएर साथै समस्याहरु समाधानकाे निम्ति स्थायी मञ्च तैयारी गर्न हेतु पञ्जीकरण गरिदिने व्यवस्था टाउन कमिटीद्वारा गरिदिने आश्वासन दिएका छन्। उनले उपस्थित श्रमिकहरूलाई आफ्नो कार्य क्षेत्रमा इमान्दारिताकाे साथ कार्य गरिदिने र आफ्नो आचारण व्यवहारलाई राम्रो राखेर अनुशासनसँग संगठनलाई अझै बलियो बनाउने सुझाव राखेका छन्। सभामा उपस्थित सम्पूर्ण सदस्यकोे सर्वसम्मतिले भागोप्र असंगठित श्रमिक संगठनकाे अध्यक्ष शरण विश्वकर्मा, सचिव छिरिङ शेर्पा, भागोप्रमो जोनल ट्रेड यूनियनका महासचिव राकेश बम्जनबअनि मुख्य सल्लाहकारमा दिपेन तामाङलाई नियुक्त गरिएको छ। सभामा टाउन कमिटीका सह सचिव रमोद गुरुङ पनि उपस्थित थिए।





