आईडीआरएफ पार्टीको दिल्ली प्रदेश र जिल्ला युवा कमिटी गठन

0e0f919d-7098-4e6d-8717-ac4e12cce3bc

आईडीआरएफ पार्टीले गोर्खाल्याण्डको मागलाई राष्ट्रिय स्तरमा उठाउने

खरसाङ: राजधानी दिल्लीमा इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट आई.डी.आर.एफ. पार्टीको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा दिल्ली प्रदेश कमिटी, जिल्ला कमिटी र युवा कमिटीको गठन सर्वसम्मत रूपमा गरिएको छ। नयाँ कमिटीले दिल्लीमा पार्टीको संगठनलाई वडा-वडासम्म विस्तार गर्ने प्रण गरेको छ। यस अवसरमा दिल्लीबाहेक उत्तर प्रदेश, हरियाणा, महाराष्ट्र, पश्चिम बंगाल, आसाम लगायत अन्य धेरै राज्यका नेतागण तथा कार्यकर्ताहरूको पनि विशेष उपस्थिति रहेको थियो।बैठकमा पार्टीको राष्ट्रिय भिजन, दलित, आदिवासी, अल्पसंख्यक तथा गोर्खा समुदायको संवैधानिक अधिकारको बारेमा गहन छलफल गरियो। यसै क्रममा पार्टीका राष्ट्रिय महासचिव डोनाल्ड गहतराजले सम्बोधन गर्दै भने, गोर्खाल्याण्डको माग ११५ वर्ष पुरानो संवैधानिक माग हो। तर केन्द्र र राज्य सरकारले गोर्खा जातिसँग बार-बार धोका दिँदै आएको छ।

आई.डी.आर.एफ. पार्टीले गोर्खाल्याण्डको यस जायज मागलाई राष्ट्रिय स्तरमा उठाउनेछ र सबै राज्यका नेताहरूसँग यस विषयमा छलफल गरेर संसदसम्म आवाज पुर्‍याउनेछ।” बैठकमा पार्टीका राष्ट्रिय महासचिव डोनाल्ड गहतराजले गोर्खाल्याण्डको विषयमा बोल्दै भने, गोर्खाल्याण्डको ११५ वर्ष पुरानो संवैधानिक मागसँग सरकारले बार-बार धोका दिँदै आएको छ। उनले थप भने, “गोर्खाको मागलाई लिएर र गोर्खाहरूको बलिदानसँग खेलवाड भइरहेको छ। आईडीआरएफ पार्टीले यो आवाज सम्पूर्ण भारतसम्म पुर्‍याउने छ। भारतीय गोर्खाहरूसँग विदेशी जस्तो व्यवहार किन? यो प्रश्न आईडीआरएफ पार्टीले सरकारसँग सोध्नेछ।गोर्खाल्याण्ड कुनै नयाँ माग होइन। यो १९०७ देखि चल्दै आएको ११५ वर्ष पुरानो संवैधानिक माग हो। देशको स्वतन्त्रताको लागि सबैभन्दा बढी रगत बगाउने, सिमानामा लड्ने भारतीय गोर्खा जातिलाई आज आफ्नै देशमा विदेशी जस्तो व्यवहार गरिन्छ। बंगालमा गोर्खालाई दोस्रो दर्जाको नागरिक बनाइएको छ। हाम्रो भाषा, संस्कृति र अस्तित्व मेटाउने काम भइरहेको छ।’
उनले सबै राज्यका नेताहरूसँग यस विषयमा छलफल गरी यस मुद्दालाई गोर्खाल्याण्ड के हो भन्दै बैठकको अन्त्यमा नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिइएको थियो।

About Author

Advertisement