पुरुष टोलीसँग मुख्य प्रशिक्षकको रूपमा भीभीएस लक्ष्मण जापान जाने

IMG-20260903-WA0167

नयाँ दिल्ली: बीसीसीआई सेण्टर अफ एक्सीलेन्स (सीओई)-का निदेशक भीभीएस लक्ष्मण एशियाई खेलहरूमा भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक हुनेछन्। एशियाई खेलहरूका आयोजन जापानको आइची-नागोयामा हुनेछ। खेल मन्त्रालयद्वारा जारी सूची अनुसार, लक्ष्मणसँग सहायक स्टाफको रूपमा सुनिल जोशी, रिषिकेश कानितकर र शुभादीप घोष जानेछन्। उल्लेखनीय छ, लक्ष्मण २०२३ हांगझोउ एशियाई खेलहरूमा पनि टोलीसँग गएका थिए, जहाँ भारतले स्वर्ण पदक जितेको थियो। भारतीय टोलीका नियमित मुख्य प्रशिक्षक गौतम गम्भीर यस अवधि सीनियर टोलीसँग वेष्ट इण्डिजविरुद्ध खेलिने घरेलु वनडे सीरीजको हिस्सा हुनेछन्। यस सीरीजको पहिलो म्याच २७ सेप्टेम्बरमा खेलिनेछ। एशियाई खेलहरूमा क्रिकेटको स्पर्धा २४ सेप्टेम्बरदेखि शुरु हुनेछ अनि भारतले त्यसको ४ दिनपछि आफ्नो अभियान शुरु गर्नेछ। अमोल मजूमदार भारतीय महिला टोलीका मुख्य प्रशिक्षकको रूपमा कायम रहनेछन्। मजूमदारसँग बलिंग प्रशिक्षक आविष्कार साल्वी र फील्डिंग प्रशिक्षक मुनीश बाली रहनेछन्। भारतीय महिला टोलीले टुर्नामेण्टमा क्वार्टर फाइनलबाट आफ्नो अभियान शुरु गर्नेछ, जहाँ टोलीको सामना जापानसँग हुनेछ। यसरी भारतीय पुरुष टोलीले ग्रुप ए-को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ। यस ग्रुपमा अफगानिस्तान, जापान र नेपाल सामेल छ। श्रेयस अय्यरको कप्तानीमा भारतीय पुरुष टी२० टोली एशिया कपमा आफ्नो खिताब बचाउन ओर्लिनेछ। भारतीय टोलीमा युवा ओपनिंग ब्याटर वैभव सूर्यवंशी पनि सामेल छन्। यसरी महिला टोली पनि हरमनप्रीत कौरकी कप्तानीमा स्वर्ण पदक बचाउन ओर्लिनेछ।
एशियाई खेलहरूका निम्ति भारतीय पुरुष क्रिकेट टोलीः
श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, सञ्जू सेमसन, ईशान किशन, शिवम दुबे, तिलक वर्मा, नीतीश कुमार रेड्डी, अक्षर पटेल, वाशिंगटन सुन्दर, वरुण चक्रवर्ती, रवि बिश्नोई, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह र वैभव सूर्यवंशी।
एशियाई खेलहरूका निम्ति भारतीय महिला क्रिकेट टोलीः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना, शेफाली वर्मा, प्रतिका रावल, दीप्ति शर्मा, ऋचा घोष, गुनालन कामलिनी, भारती फुलमाली, श्री चरणी, रेणुका ठाकुर, क्रान्ति गौड़, अरुन्धति रेड्डी, श्रेयंका पाटिल, राधा यादव र नन्दिनी शर्मा।

About Author

Advertisement