सोनादा: संकट मोचन विनायक गणेश मन्दिर कमिटी रंगबुलको आयोजनामा यस वर्षको पावन श्री गणेश चतुर्थी पूजा आगामी १४ सेप्टेम्बरसोमबारदेखि २५ सेप्टेम्बर शुक्रबारसम्म मन्दिर परिसरमा आयोजना गरिने भएको छ। यस विषयमा आयोजक समितिको तर्फबाट जानकारी गराइए अनुसार भक्तजन श्रद्धालु तथा भगवान श्री गणेशप्रति आस्था र विश्वास राख्ने सबै महानुभावहरूलाई श्रद्धा,भक्तिभाव, धार्मिक आस्था तथा उत्साहका साथ विविध पूजा-अर्चना र धार्मिक कार्यक्रमहरू सहित भव्य रूपमा सञ्चालन गरिने जानकारी गराइएको छ।भगवान श्री गणेशलाई विघ्नहर्ता, बुद्धि, समृद्धि, सुख, शान्ति तथा सौभाग्यका देवताका रूपमा श्रद्धापूर्वक पूजा गरिने यस पावन अवसरमा सम्पूर्ण भक्तजनलाई मन्दिरमा उपस्थित भई भगवान श्री गणेशको दर्शन, पूजा-अर्चना, प्रार्थना तथा धार्मिक कार्यक्रमहरूमा सहभागी भएर यस पवित्र उत्सवलाई अझ भक्तिमय, आध्यात्मिक र भव्य बनाउन हार्दिक अनुरोध आयोजक समितिको तर्फबाट गरिएको छ। यसको साथै यस पावन धार्मिक उत्सवलाई सफल,व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सेल्फ हेल्प ग्रुपका सदस्यहरू, स्वयंसेवकहरू, समाजका सदस्यहरू, विभिन्न क्लबहरू, सामाजिक संघ-संस्थाहरू, शुभचिन्तकहरूलाई आफ्नो बहुमूल्य समय, सहयोग, सेवा, उपस्थिति तथा सकारात्मक योगदान प्रदान गरी मन्दिर समितिसँग हातेमालो गर्न हार्दिक अपिल आयोजक समितिको तर्फबाट गरिएको छ। श्री गणेश चतुर्थी केवल एउटा धार्मिक पर्व मात्र नभई हाम्रो आस्था, संस्कार, संस्कृति, सामाजिक एकता, भाइचारा र सामूहिक सद्भावलाई अझ बलियो बनाउने एउटा पवित्र अवसर पनि भएकाले, यस शुभ अवसरमा हामी सबैले आपसी प्रेम, सद्भाव, सहयोग र एकताको भावनाका साथ एकजुट भई भगवान श्री गणेशको आराधना गरौँ र उहाँको दिव्य आशीर्वादले हाम्रो परिवार, समाज तथा सम्पूर्ण क्षेत्रको सुख, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरिएको छ। सबै मिलेर श्रद्धा, भक्ति, विश्वास, सेवा र उत्साहका साथ विघ्नहर्ता भगवान श्री गणेशको पावन आगमनलाई भव्य रूपमा स्वागत गर्ने र श्री गणेश चतुर्थी पूजा २०२६ लाई अविस्मरणीय, आध्यात्मिक तथा मंगलमय उत्सवका रूपमा सफल बनाउन आयोजक समितिको तर्फबाट आह्वान् गरिएको छ।





