पानीघट्टा चियाबारीको वर्तमान समस्याबारे सिलगढीको डागापुरमा महत्वपूर्ण सभा सम्पन्न

27520e35-9ed2-44ef-8af8-7c3c97e81377

सिलगढी: सिलगढीको डागापुरस्थित श्रमिक भवनमा पानीघट्टा चियाबारीको वर्तमान समस्या समाधानका विषयमा अतिरिक्त लेवर श्रमायुक्त, सहायक श्रमायुक्त, विभिन्न श्रमिक युनियनका प्रतिनिधि तथा चियाबारीका श्रमिकहरूबीच महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा श्रमिक युनियनको तर्फबाट बीसीएमएस
जिल्ला महासचिव प्रणय शेर्पा, राज्य सभापति विश्वजीत गुहा तथा धुलन रायको उपस्थिति रहेको थियो। गत २९ अगस्तमा बगारिया कम्पनीले पानीघट्टा चियाबारीबाट आफ्नो व्यवस्थापन फिर्ता लिएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त आकस्मिक सभा आयोजना गरिएको बताइएको छ। कम्पनीले यस अघि भएको तर्कमा उल्लेखित विभिन्न बुँदाहरूको पालना नगरेको विषयमा समेत सभामा गम्भीर छलफल भएको बताइएको छ। सभाको निष्कर्ष अनुसार
सभामा भएको विस्तृत छलफलपछि पुरानो कम्पनीलाई तीन दिनभित्र निम्न विषयहरू समाधान गर्न समय दिने निर्णय गरिएको छ – बाँकी रहेको दुई महिनाको खर्च तथा एक महिनाको बेतन भुक्तानी गर्ने, श्रमिकहरूलाई पूजा बोनस उपलब्ध गराउने।श्रमिकहरूको बदली सम्बन्धी विषय औद्योगिक नियम‌ अनुसार समाधान गर्ने जस्ता विषयहरुमा छलफल गरिएको छ। उक्त मागहरू कम्पनीले स्वीकार गरी कार्यान्वयन गरेमा कम्पनीलाई पुनः बगान सञ्चालन गर्न दिने सहमति भएको छ। तर तोकिएको समयभित्र कम्पनीले मजदुरहरूको जायज माग तथा सम्झौतामा उल्लेखित बुँदाहरू कार्यान्वयन नगरेमा स्थायी समाधानका लागि वैकल्पिक दिशातर्फ अघि बढ्ने निर्णय गरिएको छ।
उक्त निर्णयमा सम्पूर्ण श्रमिक युनियनहरूले सहमति जनाएका छन्। बीसीएमएस पानीघट्टा चियाबारीका मजदुरहरूको हक, अधिकार, रोजगारीको सुरक्षा तथा जायज मागका लागि निरन्तर संघर्षरत रहने भएको छ।

About Author

Advertisement