एसपीएससीका नवनियुक्त अध्यक्ष सुब्बाद्वारा राज्यपाल माथुरसँग शिष्टाचार भेट

FB_IMG_1788348000056

गान्तोक: सिक्किम लोक सेवा आयोग(एसपीएससी)का नवनियुक्त अध्यक्ष मिलन कुमार सुब्बाले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरेका छन्। लोकभवनमा आयोजित भेटघाटमा अध्यक्ष सुब्बाले राज्यपाललाई आयोगको वर्तमान कार्यप्रणाली र लोक सेवा चयन प्रक्रियालाई थप चुस्त एवम् प्रभावकारी बनाउन चालिएका कदमहरूबारे विस्तृत जानकारी गराएका हुन्।
​आयोगको अध्यक्ष पदभार ग्रहण गरेपश्चात् राज्यपालसँग सुब्बाको यो पहिलो औपचारिक भेट हो।
​भेटका क्रममा राज्यपाल माथुरले नवनियुक्त अध्यक्ष सुब्बालाई बधाई दिँदै उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्। लोकभवनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आयोगलाई अझ पारदर्शी र सक्षम बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको जनाइएको छ।

About Author

Advertisement