मेरा
हृदयमा
तिमीले रोपेका
त्यो सानो बिरुवा
बिस्तारै बिस्तारै
ठुलो रुख हुँदैछ
हिजोआज त पथिकहरू पनि
त्यो रुखको छायाँमा
शितलता खोज्दै
आएर बस्ने गर्छन् ,
तर त्यो रुख सधैँ
मौन छ
निस्तब्ध छ
जस्तै मनभित्र मान्छे
सधैँ एक्लो अनुभव गर्छ,
न व्यथा व्यक्त हुन्छ उसको
न आँखा नै देखिन्छन् रसाउनलाई
गुम्सिन्छन् रहरहरू
छट्पटीन्छन् चाहनाहरू
जब एक दुई बन्चरो हानेर
जान्छन् खेलाची मै
कति दुख्यो होला छाती
अनुभवै नगरीकन
र पनि त्यो रुखलाई
बचाउने आप्राण चेष्टा छ
एकदिन फुलेर लटरम्म फल्ने
आशामा
मलजल गर्दै छु त्यस रुखलाई।