फुटपात दोकानहरूमा छापा हानेकोमा पुलिस विरुद्ध तृणमूलको विरोध प्रदर्शन

IMG-20221023-WA0316.jpg

कालचिनी: आज साँझपख पुरानो हाँसीमारा चौपति क्षेत्रमा रहेको फूटपाते दोकानहरूमा अचानक जयगाउँ थानाको प्रभारीको नेतृत्वमा पुलिसले छापा हानेकोमा तृणमूल कर्मी समर्थकहरूले पुलिस विरुद्ध विरोध प्रदर्शन गरे।
पुलिसले सासाना दोकानहरूबाट पटेका सामग्रीहरू जफत गरेकोमा हाँसीमाराका तृणमूल नेता तथा व्यावसाय समितिको सचिव मनोज बरुवाले जयगाउँ थाना प्रभारी विरुद्ध समर्थकहरूलाई लिएर व्यापक नाराबाजी गरेको थियो।

मनोज बरुवाले जनाएअनुसार खुसीको पर्व तिहारको सरसमानहरु बिक्री गर्ने फूटपाते दोकानहरूबाट समान जफत गर्नु अन्याय भएको र यसरी साधारण दोकानपाट गरेर खानेहरूको पेटमा लात हाने बराबर भएकोले पुलिसले यसो गर्नु अन्याय भएकोले नै जयगाउँ थाना प्रभारी विरुद्ध यो विरोध प्रदर्शन गरिएको र यसको जानकारी पार्टीको जिल्ला नेतृत्वहरू समक्ष गरीने पनि मनोज बरुवाले जनाएका छन्।
यता पुलिस सुत्रले सर्वोच्चको निर्देशअनुसार नै यो अवैद्य पटेका सामग्रीहरू बिक्री गर्न निषेध गकिएकोले पुलिसले अभियान चलाएर प्रायः २००० अवैद्य पटेका सामग्रीहरू जफत गरेको जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *