भातृ द्वितीया : एक सङ्क्षिप्त अवलोकन

00-IMG-20221022-WA0154-2

भारतीय समाजलाई प्राचीन कालदेखि नै सांस्कृतिक रूपले एक सम्बृद्ध समाज भनेर मानिएको छ। यो देश विविधतामा एकताको मूर्त उदाहरण हो। यसको संस्कृतिलाई यस देशमा पालन गरिने चाड-पर्वादिहरूले सम्बृद्ध बानाउने कार्यमा इन्धनको भूमिका पालन गरेका छन्।   यँहा प्रत्येक दिन केही न केही उत्सव अवश्य पनि पालन भएको हुन्छ। भारतभूमिमा अधिकतर पर्व र तौहारहरू सांस्कृतिक या आध्यात्मिक भावले प्रेरित र प्रभावित छन् र सम्भवतः यो देश तीर्थ भूमिको नाउँले पनि प्रसिद्ध भएको कारणहरूमा एउटा मुख्य कारण यहि नै हो। सम्भवतः त्यस्तै कारणले आदिकवि भानुभक्तका अनुसार भारतवर्षको भूमिमा जन्म लिनु अत्यन्त दुर्लभ कुरा हो। विश्वका हर स्थानका अनेक महात्मा र विभूतिहरू यो भारतभूमिप्रति आकृष्ट हुनको साथै यसलाई मन पराएको र रुचाएको कारण यसको संस्कृति र परम्परा नै हो। यस पावन भूमिमा पालन गरिने उत्सव र पर्वादिले पनि यसको परम्परा र संस्कृतिलाई दर्विलो पारेको हो भन्दा अति हुँदैन।     

भारतीय चाड-पर्वहरूबिच  दीपमालिका (दीपावली) या तिहार एक महत्वपूर्ण तथा लोकप्रिय चाड हो। दीपमालिकाको साधारण अर्थ हो बत्तीहरूको पङ्क्ति या दीपहरूको माला। दीपावली मुख्यरूपमा कार्त्तिक कृष्णपक्षको औंसीको दिन लक्ष्मीको आरधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव हो। यो पनि मानिन्छ कि दीपावलीको दिन अयोध्याका राजा भगवान् श्रीरामचन्द्र  १४ वर्षको वनवासको पश्चात् आफ्नो घर फर्किनु भएको थियो। यो चाड कार्त्तिक कृष्णपक्षको औंसीको दिन लक्ष्मीको आरधनाका साथ शुरु भएर कार्त्तिक शुक्लपक्षको दोस्रो दिन तथा भातृ द्वितीयाको दिन समाप्त हुन्छ। भारतलगायत नेपाल, श्रीलङ्का, म्यान्मार, फीजी,  मौरिसस् (Mauritius), गुयाना (Guyana), त्रिनिदाद र तोबागो (Trinidad and Tobago), सुरिनाम (Suriname), मल्एसिया (Malaysia) , औं  सिंगापुर (Singapore) आदि देशहरूले दीपावली या दिवाली चाडको रूपमा मनाउनको साथै सरकारी अवकाश पनि मनाउद्छन्।

पाँच दिन लामो दीपावली पर्वको अन्तिम दिन भातृ द्वितीया या भाइ टिकाको साथ समापन हुन्छ। भाइ टिकाको दिन दिदी बैनीले आफ्ना दाजु भाइहरूलाई निधाएमा विभिन्न रङ्को तथा विभिन्न रङ्ले मिश्रित भएको टिको लगाउँदै  आशीर्वाद दिन्छन्, उनीहरूको लामो जीवन र सु-स्वास्थ्यको निम्ति ईश्वरको समीप प्रार्थना गर्दछन्। हाम्रो समाजमा साधारणतः दाजु  भाइहरूले दिदी बैनीहरूलाई उपहार दिने परम्परा छ तर त्यो दिन दिदी-बहिनीहरूले पनि दाजु-भाइहरूलाई उपहार आदि दिन्छन्।  भाइटिकाको साथ  रक्षा बन्धनको  समानता देखिए पनि  दिदी-बहिनी र दाजु-भाइको चाडको रूपमा रक्षाबन्धन उत्तर भारतमै मुख्यरूपले मनाइन्छ र अन्य प्रान्तहरूमा यसको परम्परा भिन्न भिन्न पनि छ।

 “भाइ टिका”लाई विभिन्न स्थानमा या विभिन्न भाषामा अलग अलग नाउँले पनि जानिन्छ। यस चाडलाई विभिन्न स्थानमा या विभिन्न भाषामा यस प्रकार जानिन्छ (२/४ वोटा भाषा र स्थानमा भाइ टिकालाई भनिने नाउँ उल्लेख निम्न प्रकार छ)  –    बङ्ला भाषामा  भाइ फोँटा, गुजरातीमा  भाइ बिज, मराठीमा  भाउ बीज, कोङ्कणीमा भाव बिज र राष्ट्रभाषा हिन्दी तथा अन्यान्य धेरै उत्तर भारतीय भाषामा भाइ दुज। साथै अन्यान्य स्थानका भाषामा व्यवहार गरिने नाउँ यस प्रकार छन् – भाइ दुज , भात्रु द्विथीया, भातृ द्वितीया  तथा नेपलीमा भाइ तिहार पनि भन्ने प्रचलन छl  

भाइ टिका मनाइने सन्दर्भमा एक अत्यन्त प्राचीन तथा प्रसिद्ध पौराणिक कथा लुकेको छ। विश्वासअनुसार भातृ द्वितीयाको दिन यमराज (मृत्युका देवता) आफ्नी बहिनी यमुना(प्रसिद्ध तथा पवित्र नदीकी देवी)लाई भेट गर्न भनी बैनीको गृहतर्फ यात्रा गर्दछन्। यमराज यात्राको अन्त्यमा आफ्नी बैनी यमुनाको गृह प्रवेश गरेर विश्राम गर्न लाग्दछन्। बहिनी यमुनाले धेरै दिनको अन्त्यमा आफ्ना दाजु आएको देखेर विभिन्न प्रकारका  पकवान र मेवा -मिष्टान्न तैयार गर्दछिन्। तत्पश्चात् दाजुलाई निधारमा विभिन्न प्रकारका रङ्ले तिलक (टिका) लगाइदिएर  अनि पकवान र मेवा -मिष्टान्न उपहारादि प्रदान गर्दछिन्। बैनीको यस्तो सेवाले प्रसन्न भएर दाजु यमराजले पनि उपहारादि प्रदान गरे। यमराजले बैनी यमुनलाई भेट गर्न गएको दिन कार्त्तिक शुक्लपक्ष द्वितीया हो भन्ने मान्यता छ। त्यसपछि प्रत्येक वर्ष कार्त्तिक शुक्लपक्ष द्वितीयाको दिन भाइ टिका पालन गरिको हो भन्ने मान्यता छ। यो महान उदेश्य बोकेको चाड उक्त पोराणिक कथाबाट शुरु भएको होस् या अन्य कुनै स्रोतबाट शुरु भएको होस् यसको महत्व अत्यन्त महान हो यसमा सन्देह छैन। 

दाजु-भाइ दिदी बहिनीको जस्तो पवित्र नातालाई हाम्रो समाजले प्रदान गरेको महत्व यो चाडबाट स्पष्ट हुन्छ। सम्भवतः भारतीय या पूर्वीय परम्परा मात्र यस्तो परम्परा होला जुन परम्पराले प्राचीन कालबाट समाजका हरएक व्यक्तिलाई सममर्यदा दिएको छ। यस विषयमा कुनै तथ्य या प्रमाणको आवश्यकता पनि छैन। कारण यो समाजमा पालन गरिआएका पर्व तथा तौहारहरूले यसको प्रमाण स्वतः व्यक्त गर्दछन्। यो महान् परम्परको एक दृष्टान्त नै हो भाइ तिहार या भाइ टिका। ‘भाइ’ शब्दको सोझो अर्थ हो आफूभन्दा कान्छो व्यक्ति वा अनुज हो। जुन समाजमा आफूभन्दा कान्छो व्यक्तिलाई सम्मान प्रदर्शन गरिन्छ अनि त्यस व्यक्तिको नाउँमा पर्व पालन गरिन्छ भने त्यो परम्परा कति महान् होला  यो कुराबाट अनुमान हुन्छ। भातृ द्वितीया या भाइ टिकाको  भारतीय संस्कृतिको एक दृष्टान्त मात्र हो। यस्ता हजारौँ  दृष्टान्तहरूले यसको महानतालाई छर्लङ्ग पार्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement