पहिलोपल्ट हारको पीढ़ा अनि दोस्रोपल्ट सन्तोषको साथ बिदा लिए लियोनल मेस्सीले

IMG-20260901-WA0060

नयाँ दिल्ली: फूटबल जगतमा केही सन्न्यास केवल एकजना खेलाड़ी जाने खबर नभएर एउटा पूरा युगको समापन भएको अनुभव गराउँछ। लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट दोस्रोपल्ट सन्न्यास लिनु पनि त्यस्तै एउटा क्षण हो। लगभग एक दशकको अन्तरालमा मेस्सीले दोस्रोपल्ट अर्जेण्टिनाको जर्सी छोड़ने फसेला गरेका छन् तर यी दुईपल्ट कहानी अलग-अलग रहेको छ। पहिलोपल्ट उनी मानसिक रूपले ध्वस्त खेलाड़ी थिए, जसलाई लगातार हारले भित्रबाट खोक्रो बनाएको थियो। यसरी दोस्रोपल्ट उनी त्यो व्यक्ति थिए, जसले आफ्नो देशको निम्ति लगभग हरेक सपना पूरा गरेका छन्। साल थियो २०१६, कोपा अमेरिकाको फाइनल। अर्जेण्टिना समक्ष प्रतिद्वन्द्वी टोलीको रूपमा थियो चिली। मेस्सीको टोली फेरि एकपल्ट खिताब जित्नदेखि चुकेको थियो। त्यो केवल एउटा म्याचको हार थिएन। त्यसअघि पनि मेस्सीले अर्जेण्टिनालाई ठूलो फाइनलसम्म पुऱ्याएका थिए तर प्रत्येकपल्ट टोली ट्रफी जित्नदेखि चुकेको थियो। न्यू जर्सीको मेटलाइफ स्टेडियममा त्यस रात मेस्सीलाई चरम निराश देखिएको थियो। उनले पेनल्टी शूटआउटमा गोलीलाई नेटमा हाल्न सकेनन् अनि चिली च्याम्पियन बनेको थियो। मेस्सीको निम्ति त्यो लगातार तेस्रो ठूलो फाइनल थियो, जसमा अर्जेण्टिना पराजित भएको थियो। त्यस म्याचपछि मेस्सीको फसेलाले फूटबल जगतमा खलबली मचाएको थियो। उनले भनेका थिए, राष्ट्रिय टोली मेरो निम्ति समाप्त भएको छ। यो चौथो फाइनल हो अनि मैले जित्न सकिनँ। मैले आफ्नो तर्फबाट पूरा कोशिश गरे। यसले अन्य कसैलाई भन्दा पनि मलाई अधिक दुःख दियो अनि यो मेरो निम्ति होइन भन्ने स्पष्ट भएको छ।
यसरी मेस्सीले २९ सालको उमेरमै अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरेका थिए। त्यो कुनै चोट या उमेरले गर्दा लिइएको फसेला थिएन। त्यो लगातार असफलता र आफूमाथि रहेको दबाउले गर्दा मानसिक रूपले क्षतिग्रस्त एकजना महान फूटबलरको फसेला थियो। मेस्सीको त्यस फसेलाको विश्वभरि चर्चा भएको थियो। उनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिने क्रिस्टियानो रोनाल्डोले पनि अर्जेण्टिनाई कप्तानको व्यथालाई बुझ्ने प्रयास गरेका थिए। रोनाल्डोले त्यस समय भनेका थिए, मेस्सीले कठिन फसेला लिएका छन् अनि मानिसहरूले त्यसलाई बुझ्नु पर्नेछ। उनी हार र निराशाको आदी छैनन्। यहाँसम्म कि उनको निम्ति दोस्रो स्थानमा रहनु पनि सजिलो छैन। यसबाहेक पेनल्टी मिस गर्दैमा कुने खेलाड़ी खराब बन्दैनन्। त्यो मेस्सी-रोनाल्डो प्रतिद्वन्द्विताको अलग पक्ष थियो। मैदानमा एकार्काको कट्टर प्रतिद्वन्द्वी भए पनि रोनाल्डोले भनेका थिए, मेस्सीलाई रोईरहेको देख्दा दुःख लाग्छ। उनी चाँड़ै आफ्नो देशको निम्ति फर्किने मलाई आशा छ कारण अर्जेण्टिनालाई उनको आवश्यकता छ।
सन्न्यासको घोषणा गरे पनि मेस्सी अधिक समयसम्म अर्जेण्टिनाई टोलीबाट टाढ़ा रहन सकेनन्। सम्पूर्ण विश्वको साथमा अर्जेण्टिनाई राष्ट्रपतिको अपीलपछि उनी त्यही सालको अन्तमा राष्ट्रिय टोलीमा फर्किएका थिए। देश, प्रशंसकहरू र टोलीका साथीहरूका मायाले गर्दा उनी अर्जेण्टिनाई जर्सीमा फर्किए। मेस्सी राष्ट्रिय टोलीमा फर्किनु केवल एउटा पुनरागमन नभएर एउटा नयाँ कहानीको शुरुवात थियो, जसको अन्त फूटबल इतिहासले सदा याद राख्नेछ। सन्न्यासबाट फर्किएपछि मेस्सीले २०२१-मा राष्ट्रिय टोलीसँग कोपा अमेरिकाको खिताब जिते। ब्राजीलविरुद्ध माराकाना स्टेडियममा प्राप्त भएको जीतले उनको करियरको सबैभन्दा ठूलो पीढ़ाको अन्त गऱ्यो तर असली लक्ष्य अझ बाँकी थियो। साल २०२२-मा कतरमा मेस्सीले त्यो चमत्कार गरेर देखाए, जसको प्रतीक्षा अर्जेण्टिना र प्रशंसकहरूलाई सालौंदेखि रहेको थियो। लुसेल स्टेडियममा फ्रान्सविरुद्ध फाइनलमा अर्जेण्टिनाले पेनल्टी शूटआउटमा जीत हासिल गऱ्यो अनि मेस्सीले फिफा विश्व कप हातमा उठाए। जुन खेलाड़ीले २०१६-मा आफ्नो देशको निम्ति ट्रफी जित्न नसक्ने कुरा गरेका थिए, त्यही खेलाड़ी ६ सालपछि विश्वको सबैभन्दा ठूलो मञ्चमा विश्व च्याम्पियन बनिसकेका थिए। त्यसपछि अर्जेण्टिनाले २०२४-मा पनि कोपा अमेरिकाको खिताब जित्यो। यसरी जुन मेस्सीको निम्ति २०१६-मा अर्जेण्टिनाको जर्सी यन्त्रणाको प्रतीक बनेको थियो, त्यही जर्सीमा उनले विश्व र दक्षिण अमेरिका दुवैमा राज गरे।
मेस्सीले लगभग १० सालपछि फेरि एकपल्ट अन्तर्राष्ट्रिय फूटबलबाट बिदा लिए। फिफा विश्व कप २०२६-को फाइनलमा अर्जेण्टिनाले स्पेनविरुद्ध हारको सामना गर्नु पऱ्यो। अन्तमा त्यही म्याच मेस्सीको करियरको अन्तिम अन्तर्राष्ट्रिय म्याच साबित भयो। यसपाली तस्वीर एकदमै अलग थियो। २०१६-मा मेस्सीको आँशुमा पछुतो र अधूरोपन थियो भने २०२६-मा उनको आँखामा एउटा लामो यात्रा समाप्त भएको भाव थियो। उनी त्यस टोलीलाई छोड़िरहेका छन्, जसको साथ उनले विश्व कप, कोपा अमेरिका र धेरै ठूलो गौरवहरू हासिल गरे। यसबीच उनका पिता र लामो समयसम्म सल्लाहकार रहने जर्ज मेस्सीको निधनले यस विदाईलाई अझ भावुक बनायो।

About Author

Advertisement