एशियाई खेलहरू अघि खेलाड़ीहरू र अधिकारीहरूका आवास बन्दोबस्तमाथि प्रश्न चिन्ह, आयोजकहरू दबाउमा

31228c5f-4d28-40e9-9d36-c4177697cf94

नयाँ दिल्ली: एशियाई खेलहरू २०२६ अघि आयोजनसँग सम्बन्धित व्यवस्थाहरूमाथि प्रश्न उठ्न थालेको छ। खेलाड़ीहरू र अधिकारीहरूका संख्या तय अनुमानबाट बढेर लगभग १७ हजार पुगेको छ, जसले आयोजकहरूका निम्ति बस्ने बन्दोबन्त मिलाउनु ठूलो समस्या भएको छ। यसैकारण क्रिकेट खेलाड़ीहरूलाई आयोजन स्थलदेखि लगभग २० किलोमीटर दूरीमा राख्ने तयारी गरिएको छ। एशियाई खेलहरूको आयोजन जापानको आइची-नागोयामा १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुनेछ। शुरुवातमा लगभग १५ हजार खेलाड़ीहरू र अधिकारीहरू सामेल हुने अनुमान थियो तर टेकबल र पेडललाई खेल कार्यक्रममा सामेल गरिएपछि यो संख्या बढेर लगभग १७ हजार पुगेको छ। यसमा लगभग ११ हजार खेलाड़ी र ६ हजार अधिकारीहरू सामेल छन्। आयोजन समितिका अध्यक्ष हिदेकी ओमुराले बताएअनुसार, आयोजन सम्झौता १५ हजार मानिसहरूका क्षमताको आधारमा गरिएको थियो अनि यसभन्दा अधिक मानिसहरूका निम्ति अतिरिक्त बजटको व्यवस्था गरिएको छैन। यसको साथमा उनले अतिरिक्त प्रतिभागिहरूका निम्ति आयोजकहरूसँग पर्याप्त आवास नरहेको अनि एशियाई खेलहरूमा हिस्सा लिन चाहे उनीहरूले आफ्नो बस्ने बन्दोबस्त आफै गर्नु पर्ने उनले स्पष्ट गरेका छन्। नागोयाका मेयर इचिरो हिरोसावाले बताएअनुसार, सीमित बजटमा खेलाड़ीहरू र अधिकारीहरूका संख्यामा बढ़ोत्तरी हुँदा आवासको व्यवस्था गर्नु ठूलो चुनौती बनेको छ।
ओलम्पिकको जस्तो यसपाली एशियाई खेलहरूमा पारम्परिक एथलीट्स भिलेज (खेल गाउँ) बनाइएको छैन। खेलाड़ीहरू र अधिकारीहरूलाई राख्नको निम्ति आयोजकहरूले होटल, क्रूज शिप र कण्टेनरहरूमा बनाइएको अस्थायी आवासको बन्दोबस्त गरेका छन्। रिपोर्ट अनुसार, लगभग ४-५ हजार खेलाड़ीहरू एउटा इटालियन क्रीज शिपमा बस्न सक्नेछन्, जसलाई आयोजन क्षेत्रमा उभ्याइएको छ। यसरी लगभग २ हजार खेलाड़ीहरूका निम्ति अस्थायी आवासमा बस्ने बन्दोबस्त गरिएको छ। रहल प्रतिभागिहरूलाई अलग-अलग होटलहरूमा राखिनेछ। केही प्रतियोगिताहरू नागोया बाहिर पनि हुनेछ। पौड़ी, डाइविंग र घोड़ी सवारी जस्ता केही स्पर्धाहरू टोक्योमा आयोजित हुनेछ। आवास संकटबीच यस हप्ता स्थानीय आयोजन समितिले ओलम्पिक काउन्सिल अफ एशिया (ओसीए) सँग प्रतिभागिहरूका संख्या कम्ती गर्ने अनुरोध गरेको खबर प्रकाशमा आएको छ।
खेलाडीहरू र अधिकारीहरूका निम्ति आवासको समस्या एकमात्र चुनौती होइन। एशियाई खेलहरूमा हिस्सा लिने क्रिकेट टोलीहरूले पनि आयोजन स्थल र खेलाड़ीहरूका आवासको व्यवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन्। एशियाई खेलहरूमा क्रिकेट म्याचहरू कोरोगी स्पोर्ट्स पार्कमा खेलिनेछ। यो मूल रूपले एउटा बेसबल मैदान हो, जसलाई क्रिकेटको निम्ति तयार गरिएको छ। क्रिकेट पीच हालै तयार गरिएको छ अनि यसको प्रतिस्पर्धी क्रिकेटमा सीमित प्रयोग गरिएको छ। क्रिकेट प्रतियोगिता १७ सेप्टेम्बरदेखि शुरु हुनेछ। पीचको गुणवत्तालाई जारी चिन्ताहरूबीच एशियाई क्रिकेट परिषद (एसीसी) को एउटा टोलीले आयोजन अघि मैदानको निरीक्षण गर्ने सम्भावना छ। यसको साथमा आयोजन स्थलमा खेलाड़ीहरूका निम्ति उचित ड्रेसिंग रूमको सुविधा उपलब्ध नरहेको पनि खबर अघि आएको छ। यस मैदानमा मईमा आईसीसी पुरुष टी२० विश्व कप ईष्ट एशिया-पेसेफिक क्वालीफायरको आयोजन चाहिँ भइसकेको छ। यसबाहेक क्रिकेट टोलीका खेलाड़ीहरूलाई कोरोगी स्पोर्ट्स पार्कदेखि लगभग २० किलोमीटरको दूरीमा बस्ने बन्दोबस्त गरिएको छ।

About Author

Advertisement