अन्तर विद्यालय स्वरचित कविता प्रतियोगिता सम्पन्न

547dcb5f-fe67-4d8a-8f58-8598cab0f969

खरसाङ: गोर्खा जनपुस्तकालय, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सम्पन्न नेपाली भाषा मान्यता दिवस सामरोहको अवसरमा अन्तर विद्यालय स्वरचित कविता प्रतियोगिता सम्पन्न भएको छ। उक्त अन्तर विद्यालय स्वरचित कविता प्रतियोगितामा प्रथम भिक्टोरिया बोइस स्कूलका सुशान्त राई, दोस्रो सन्त जोसेफ कन्या विद्यालयकी हुङ्सा राई र तेस्रो सन्त अल्फन्सेस विद्यालयका नोर्देन तामाङ भएका छन्। यस अन्तर विद्यालय स्वरचित कविता प्रतियोगितामा निर्णायकको रुपमा कविहरु क्रमैेले बालकृष्ण थामी, हनोक थापा र आरती ठकुरी रहेका थिए। यस कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेकी थिइन्। यस प्रतियोगिताको लागि खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुका कविताहरु आएका थिए। यसमा खरसाङ बजार क्षेत्रमा रहेका जम्मा १० वटा विद्यालयहरुका विद्यार्थीहरुले कविता पठाएका थिए। यसमा क्रमैले सन्त अल्फन्सेस विद्यालय, सन्त जोसेफ कन्या विद्यालय, स्कट मिशन विद्यालय, खरसाङ आदर्श विद्यालय, पुष्परानी विद्यालय, भिक्टोरिया बोइस स्कूल, गोथल्स मेमोरियल स्कूल, गडविन स्कूल, डाउहिल स्कूल र सनसाइन स्कूल रहेका थिए। यी दशवटा स्कूलहरुबाट १२ वटा कविताहरु प्रतियोगिताको लागि आएका थिए भने यसमा ६ कविताहरुलाई कार्यक्रममा कविता वाचनको लागि चयन गरिएको थियो। फाइनलमा भने चारजनाले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा विद्यार्थीहरुले संगीतको साथमा कविता धमारी प्रस्तुत गरेका थिए। यस प्रतियोगितामा सहभागीहरूले विद्यार्थीहरुले पहिलोलाई नगदराशि १० हजार, दोस्रोलाई नगदराशि ७ हजार र तेस्रो हुनेलाई नगदराशि ५ हजार साथै ट्रफि, प्रमाण पत्र र पुस्तक पनि उपहार प्रदान गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ।

About Author

Advertisement