गोर्खा जनपुस्तकालयको तर्फबाट वार्षिक रूपमा प्रदान गरिने शैक्षिक पुरस्कार २०२६ द्वारा विद्यार्थीहरु सम्मानित

2a5b1c86-5ca4-4390-9867-18c9ebb82b21

खरसाङ: गोर्खा जनपुस्तकालयको तर्फबाट वार्षिक रूपमा प्रदान गरिने शैक्षिक पुरस्कार २०२६ द्वारा विद्यार्थीहरुलाई सम्मानित गरिएको छ। यस अवसरमा विभिन्न विषय र विभिन्न विधामा अधिक अंक ल्याएर उत्तीर्ण भएका मेधावी विद्यार्थीहरूलाई सम्मानित गरिएको छ। यस अवसरमा जीबी बलद्वारा प्रायोजित ज्योतिदेवी स्मृति शैक्षिक योग्यता पुरस्कार खरसाङ महाविद्यालयबाट स्नातकोत्तर नेपालीमा सर्वाधिक अङ्क ल्याउने प्रविशा थापालाई प्रदान गरिएको छ। यसरी नै तिलक शर्माद्वारा प्रायोजित डा पारसमणि प्रधान स्मृति शैक्षिक योग्यता पुरस्कार उत्तर बंगाल विश्वविद्यालयबाा नेपाली सम्मानमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी छोइसाङ लामालाई प्रदान गरिएको छ। त्यसरी नै निरङ्कर थापाद्वारा प्रायोजित शिवकुमार राई स्मृति शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा स्तरमा उच्चत्तर माध्यमिक परीक्षा अन्तर्गत नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी विद्या कुमारी र श्रुति ठाकुरलाई प्रदान गरिएको छ भने सुब्बा परिवार निम्न डुमाराम खरसाङद्वारा प्रायोजित एबी सुब्बा अनि बीआर सुब्बा स्मृति शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा अन्तर्गत उच्चत्तर माध्यमिक परीक्षामा सर्वाधिक अङ्क ल्याउने सन्त अल्फन्सेस विद्यालयका विद्यार्थी श्रध्दा गुरुङलाई प्रदान गरिएको छ। त्यसरी नै सुब्बा परिवार निम्न डुमाराम खरसाङद्वारा प्रायोजित एबी सुब्बा अनि बीआर सुब्बा स्मृति शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा अन्तर्गत माध्यमिक परीक्षामा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी सन्त जोसेफ कन्या विद्यालयकी वर्षा लिम्बुलाई प्रदान गरिएको छ। यसरी नै अजित बस्नेत दार्जिलिङ र मानसिंह मोक्तान खरसाङद्वारा प्रायोजित सुष्मिता बस्नेत र मेघा मोक्तान स्मृति शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा स्तरमा माध्यमिक परीक्षा अन्तर्गत नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी आईसा सुब्बालाई प्रदान गरिएको छ भने एसबी थापा नयाँ बजारद्वारा प्रायोजित एसबी थापा प्रायोजित शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा अन्तर्गत गणित विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी सन्त अल्फन्सेस विद्यालयका अनुज बास्फोरलाई प्रदान गरिएको छ। यसको साथै इन्दिरा थापा गुरुङ र परिवारद्वारा प्रायोजित बीरबहादुर थापा अनि मनमाया थापा शैक्षिक योग्यता पुरस्कार खरसाङ महकुमा स्तरमा उच्चत्तर माध्यमिक परीक्षा अन्तर्गत जािव विज्ञानमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी सन्त जोसेफ कन्या विद्यालयकी वर्षा लिम्बुलाई प्रदान गरिएको छ। त्यसरी नै डिकबहादुर प्रधान बज्राचार्य अनि परिवारद्वारा प्रायोजित डिकबहादुर प्रधान बज्राचार्य अनि कर्णबहादुर प्रधान बज्राचार्य स्मृति शैक्षिक योग्यता पुरस्कार दार्जिलिङ पोलिटेक्निक संस्थान् खरसाङबाट डिप्लोमा परीक्षा कम्प्युटर साइन्स एण्ड टेक्नोलोजी विभागबाट सर्वाधिक अङ्क ल्याउने विद्यार्थी लेञ्जी तामाङलाई प्रदान गरिएको छ। सबै मेधावी विद्यार्थीहरूलाई अतिथिहरुका बाहुलीबाट सम्मान जनाइएको छ।

About Author

Advertisement