विण्डहोक: टी२० ट्राई सीरीजको पहिलो म्याचमा नामीबियाले ठूलो उलटफेर गर्दै दक्षिण अफ्रिकालाई १८ रनले पराजित गऱ्यो। यो नामीबियाको दक्षिण अफ्रिकाविरुद्ध केवल दोस्रो जीत हो। यसअघि नामीबियाले ११ अक्टोबर २०२५-मा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको थियो। विण्डहोकको क्रिकेट ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै नामीबियाले २० ओभरमा ९ विकेट गुमाएर १६३ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि डेवाल्ड ब्रेविसले विध्वंशी मिजासमा खेल्दै ७५ रन बनाए पनि दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। म्याचमा पहिला ब्याटिंग गर्दै नामीबियाको तर्फबाट अनुभवी अलराउण्डर जान फ्रायलिंकले सर्वाधिक ६० रन बनाए। उनले ३८ बल खेलेर आधा दर्जन चौका र जोड़ी छक्का लगाए। यसबाहेक लरेन स्टीनकेम्पले २९ बलमा ४१ रन बनाए, जसमा ३ वटा चौका र जोड़ी छक्का सामेल छ। फ्रायलिंक र स्टीकेम्पले पहिलो विकेटको निम्ति ९.४ ओभरमा ८४ रनको साझेदारी गरी नामीबियालाई असल शुरुवात दिलाए। ओपनिंग साझेदारी तोड़िएपछि चाहिँ नामीबियाले लगातार अन्तरालमा विकेट गुमायो। कप्तान गेरहार्ड एरास्मसले १९ रनको योगदान दिए। दोस्रो दर्जाको टोली लिएर खेलिरहेको दक्षिण अफ्रिकी बलरहरूमा प्रेनेलम सुब्रायनले सर्वाधिक ३ विकेट लिए। त्यसपछि चुनौतीपूर्ण लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाको शुरुवात असल रहेन अनि ३९ रनमै ३ विकेटको पतन भइसकेको थियो। खराब शुरुवातपछि डेवाल्ड ब्रेविसले सक्दो प्रयास गरे पनि साथी खेलाड़ीहरूबाट साथ नपाउँदा दक्षिण अफ्रिकाले हारको सामना गर्नु पऱ्यो। ब्रेविसले पाँचवटा छक्का र ४ वटा चौकाको सहायताले ५० बलमा ७५ रन बनाए। यसबाहेक डुआन यानसनले अविजित २५ रन बनाए। नामीबियाका बलरहरूमा रुबेन ट्रम्पलमेन र जेजे स्मिटले ३-३ विकेट हासिल गरे।





