बेल्जियमविरुद्ध पनि हारेर आठौं स्थानमा रह्यो भारत

IMG-20260829-WA0049

नयाँ दिल्ली: एफआईएच विश्व कपमा भारतीय पुरुष हकी टोलीले आठौं स्थानमा रहेर आफ्नो यात्रा समाप्त गऱ्यो। वावरेमा खेलिएको प्लेअफ् म्याचमा भारतले विश्वको नम्बर २ टोली बेल्जियमलाई कड़ा चुनौती दिए पनि अन्तमा पेनल्टी शूटआउटमा ३-४-ले हारको सामना गर्नु पऱ्यो। निर्धारित समयसम्म दुवै टोली ३-३-को बराबरीमा रहेको थियो। भारतीय कप्तान हरमनप्रीत सिंहले अन्तिम सिटी बज्न केवल २६ सेकेण्ड अघि पेनल्टी कर्नरबाट गोल गरी म्याचलाई पेनल्टी शूटआउटसम्म पुऱ्याए। पेनल्टी शूटआउटमा चाहिँ बेल्जियमले दबाउमा असाधारण प्रदर्शन गर्दै ४-३-ले जीत हासिल गऱ्यो। पेनल्टी शूटआउटमा भारतको तर्फबाट शिलानन्द लाकड़ा, दिलप्रीत सिंह र अभिषेकले गोलीलाई नेटमा हारे भने हरमनप्रीत सिंह र सुखजीतको प्रयास असफल रह्यो। यसरी बेल्जियमको तर्फबाट टम बून, आर्थर डी स्लूवेर, अलेक्जेण्डर हेण्डरिक्स र रोमन डुवेकोटले गोलीलाई नेटमा हारे जबकि भिक्टर फूबर्टको प्रयास असफल रह्यो। म्याचमा भारतको शुरुवात चाहिँ असल रहेको थियो। अभिषेकले छैटौं मिनटमै भारतलाई बढ़त दिलाए, जुन पहिलो क्वार्टरसम्म कायम रह्यो। दोस्रो क्वार्टरको खेलमा बेल्जियमले असाधारण पुनरागमन गर्दै लगातार २ गोल हासिल गऱ्यो। रोमन डुवेकोटले २२औं र हुगो लाबूशेरेले २३औं मिनटमा गोल गरी बेल्जियमलाई २-१-को बढ़त दिलाए। तेस्रो क्वार्टरको शुरुमै हरमनप्रीतले ड्र्याग फ्लिकद्वारा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। म्याचको अन्तिम क्वार्टर चरम रोमाञ्चक रह्यो, जसमा निकोलस डि करपलले बेल्जियमलाई म्याचको तेस्रो गोल दिलाए। भारतले अन्तिम ३ मिनटमा गोलकीपरलाई हटाेर अतिरिक्त फील्ड खेलाड़ी मैदानमा उताऱ्यो अनि पूरा ताकतको साथ हमला शुरु गऱ्यो। यसको फाइदा टोलीलाई अन्तिम सिटी बज्न २६ सेकेण्ड अघि प्राप्त भयो, जब हरमनप्रीतले पेनल्टी कर्नरबाट गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्याए। उल्लेखनीय छ, भारत विश्व कपमा ५१ सालपछि पदक जित्ने सपना लिएर ओर्लिएको थियो तर टोलीको अभियान आशानुरुप रहेन। भारतले पहिलो चरणमा वेल्स र पाकिस्तानलाई पराजित गरे पनि ईंग्ल्याण्डविरुद्ध हारको सामना गर्नु पऱ्यो। यसरी भारत कुनै अंक बिना दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणमा नीदरल्याण्ड्स (३-१) र अर्जेण्टिना (५-३)-विरुद्ध हारले भारतको सेमिफाइनल खेल्ने सपना भताभुंगै भएको थियो। त्यसपछि बेल्जियमविरुद्ध पनि हारपछि भारतले आठौं स्थानमा रहेर विश्व कपमा यात्रा समाप्त गऱ्यो।

About Author

Advertisement