गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका विभिन्न विभागीय प्रमुख इन्जिनियर तथा सचिवहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभएको छ। गान्तोकस्थित सम्मान भवनमा आयोजित उक्त बैठकमा मुख्यमन्त्री तामाङले भइरहेका विकास निर्माणका कामहरूको प्रगति र अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो।बैठकमा विभिन्न मन्त्रालय तथा विभागका प्रिन्सिपल चीफ इन्जिनियर-कम-सेक्रेटरी, प्रिन्सिपल चीफ इन्जिनियर र चीफ इन्जिनियरहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले सञ्चालनमा रहेका आयोजनाहरूलाई निर्धारित समयमै पूरा गर्न, प्रभावकारी अनुगमन गर्न र विभागहरूबीच राम्रो समन्वय कायम गर्न आवश्यक निर्देशनहरू दिनुभएको छ।सिक्किमका जनतालाई सहज सेवा र राम्रो नतिजा दिलाउनका लागि सबै अधिकारीहरूलाई प्रतिबद्ध भएर एकजुट भई काम गर्न उहाँले आह्वान गर्नुभएको छ। राज्यमा निर्माणाधीन विकास आयोजनाहरूलाई तीव्रता दिँदै पारदर्शी रूपमा कार्य सम्पादन गर्न पनि मुख्यमन्त्रीले अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।









