फेरि तेस्रो चोटी गोर्खा जातिलाई ठगेर गोर्खाल्याण्ड बेच्ने षड्यन्त्र हुँदैछ: डोनाल्ड गतराज

IMG-20260827-WA0088

खरसाङ: दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भाजपा गठबन्धन दलका पहाडका नेताहरूले गरेको बैठक, स्थायी राजनीतिक समाधान होइन तर गोर्खाल्याण्डको सौदा हो। यसको ईण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रण्ट (आईडीआरएफ) ले घोर विरोध जनाएका छन्।आईडीआरएफका महासचिव डोनाल्ड गतराजले भने, “फेरि तेस्रो चोटी गोर्खा जातिलाई ठगेर गोर्खाल्याण्ड बेच्ने षड्यन्त्र पहाडका धुपौरे नेताहरूले गर्दैछन्। यस्ता नेताहरू गोर्खाको नाममा कलंक हुन्। २०१७ पछि, २०२१ पछि र अहिले २०२५-२६ मा फेरि उही नाटक दोहोरिएको छ।गतराजले थप भने, “पहाडका केही दलाल नेताहरूले गोर्खाल्याण्डको नामलाई बेचेर खाने भाँडो बनाएका छन्। यो नेताहरुले गोर्खाल्याण्डको भावनालाई चुनावमा बेच्ने र दिल्लीमा गएर आत्मसमर्पण गर्ने काम मात्र गरेका छन्। यिनकै कारणले आज गोर्खा जाति बरबाद भएको छ।”
उनीहरूका लागि चुनाव र दिवाली दसाई उस्तै हुन्।सकेसम्म चाँडो यदि हामी गोर्खालीहरूले केही गरेनौं भने यी अन्तिम हुनेछन् . समय कुरा को समय होला, सायद अब समय युवाहरुको होला।’
आईडीआरएफका केन्द्रीय महासचिव डोनाल्ड घहतराजले प्रेस विज्ञप्ति जारी गर्दै भने, आईडीआरएफको अडान प्रष्ट छ -‘टेबलमा राखेको झुठो प्याकेज होइन, केवल गोर्खाल्याण्ड चाहिन्छ। यसबाहेक अरु कुनै पनि विकल्प हामीलाई स्वीकार्य छैन। गोर्खा समुदाय भिखारी होइन, हामी दया मागिरहेका छैनौं, हामी हाम्रो संवैधानिक अधिकार, छुट्टै राज्य गोर्खाल्याण्ड मागिरहेका छौं।”
उनले अघि भने, स्थायी राजनीतिक समाधानको नाममा गोर्खा जनताको ११७ वर्ष पुरानो सपना र १२०० भन्दा बढी शहिदको रगतसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन।’
आईडीआरएफले चेतावनी दिन्छ, गोर्खाल्याण्डबाहेक कुनै पनि खिँचडी समाधान ल्याइए त्यसको सडकदेखि संसदसम्म कडा विरोध हुनेछ।’

About Author

Advertisement