दार्जिलिङमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

c1997d2a-119d-48c6-b2de-eb33b3382cf8

खरसाङ: दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टकनोलोजी एण्ड म्यानेजमेन्ट परिसरमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। समाजसेवी तथा एसबीजिरोसेभेन दार्जिलिङका संस्थापक सुरज विष्टको अगुवाइमा सन् २०२३ देखि निरन्तर सञ्चालन हुँदै आएको ५ हजार वृक्षारोपण अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। ५ हजार वृक्षारोपण अभियानमध्ये हालसम्म आधिकारिक रूपमा एक हजार एक सयवटा बिरुवाहरु रोप्ने कार्य सम्पन्न भइसकेको छ। अभियानलाई निरन्तरता दिँदै थप ५२ वटा बिरुवाहरु रोपिएका छन्। कार्यक्रममा एनएचपीसी जीजीएम, टीएलडीपी-३, एनएचपीसी टीएलडीपी ४ का जीजीएम तथा एचआर प्रमुख, आईआरसीओएनका डीजेएम, रङ्गली थाना इन्चार्ज, वन विभागकी रेञ्जर अफिसर, कलेजका इन्चार्ज भीम प्रधान तथा प्रिन्सिपल डा. मिथुन चक्रवर्ती लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अधिकारीहरूले पहाडको स्वच्छता, हरियाली संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियानको महत्वपूर्ण योगदान रहने बताउँदै यस पहलको प्रशंसा गरे।
समाजसेवी सुरज बिष्टले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै दार्जिलिङ तथा आसपासका क्षेत्रमा हरियाली विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

About Author

Advertisement