खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीमधारेको माथिल्लो गोलाई क्षेत्रमा दुई वर्ष अघि गएको पैह्रो अहिलेसम्म नबनिएको कारणले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको र यस पैह्रोको सरकार पक्षबाट झट्टै मरमत्ति गरिदिने निवेदन गरेका छन्। तीनधारेको माथिल्लो गोलाई क्षेत्रको ब्लु डाईमाण्ड स्कूलमुनितिर २०२४ मा बर्खाको समयमा नै पैह्रो गएर तीनवटा घरहरुलाई क्षति गरेको थियो। यसमा दुईवटा परिवार पैह्रोले विस्थापित भएका थिए भने एक परिवार यही बसे पनि बर्खाको समयमा डरसरि बस्नुपर्ने बाध्यता रहेको छ। यसको साथै यस क्षेत्रमा उक्त पैह्रोको कारणले गाउँमा जाने बाटो पूर्ण रुपमा बन्द भएको छ। दुफ वर्षदेखि बन्द रहेको बाटो अहिलेसम्म बनिएको छैन। बाटोको अभावले गर्दा स्थानीयहरुले धेरै असुविधाको सामना गरिरहेका छन्। गाउँ घरमा जाने बाटो पैह्रोले प्रभावित बनाएकोले सानो र छोटो दूरी पनि लामो बाटो भएर हिँड्नु पर्ने बाध्यता छ जसको कारणले गाउँ घरमा स्थानीयहरुले धेरै दुःख पाईसकेका छन्।

यसको साथै गाउँका बूढा पाका, बिमारीहरु, विद्यार्थीहरु र स्थानीयहरुलाई धेरै असुविधा भईरहेको छ। उक्त पैह्रो मरमत्तिको लागि स्थानीय पञ्चायतमा र पहिलाको सरकार साथै नयाँ सरकार समक्ष पनि गुहार लगाएको बताएका छन्। यस पैह्रो मरमत्तिको लागि गत १६ जुलाई २०२६ मा खरसाङका विधायक सोनाम लामा तीनधारे आएको बेला स्थानीय प्रह्लाद रसाइली र मदन प्रधान लगायत अन्यहरु मिलेर लिखित ज्ञापन पत्र विधायक समक्ष पनि बुझाएको जानकारी गराएका छन्। तर अहिलेसम्म पनि यो पैह्रो मरमत्तिको कार्य नभएकोले स्थानीयहरुले धेरै दुःख पाईरहेको बताएका छन् भने अझैं पनि नयाँ सरकारबाौ पैह्रो मरमत्तिको लागि आशा साँचेको बताएका छन्। जसले भए पनि दुई वर्ष अघि गएको माथिल्लो गोलाईको पैह्रो झट्टै मरमत्ति गरिदिए स्थानीयहरुलाई धेरै सुविधा हुने स्थानीय मदनकुमार प्रधान र प्रह्लाद रसाइलीले पत्रकारहरुलाई सम्बोधन गर्दै बताएका छन्। दुवैले स्थानीय, बूढा पाका, विद्यार्थीहरु, बिमारीहरुको सुविधाको लागि यसपालीको दशैं अघि नै सरकारले मरमत्ति गरिदिए स्थानीयहरुलाई धेरै सुविधा हुने आशा व्यक्त गरेका छन्।










