खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाले २८ नम्बर समष्टि अनि २९ नम्बर गिद्ध पहाड अन्तर्गत पर्ने खरसाङ नगरपालिकाका बीसवटै वार्डहरूमा भएको वार्ड कमिटीका नेतृत्त्व अनि समर्थकहरुमा ऊर्जा भर्न अनि सुदृढ़ गर्न हेतु प्रत्येक वार्डमा सभा आयोजन गरी सांगठनिक सभा भईरहेको छ। यसै क्रममा टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा वार्ड नम्बर २ अन्तर्गत टेकवीर बस्तीमा सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य तथा वार्ड कमिटीका अध्यक्ष सुजय गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभाकाे सञ्चालन नरेन लामाले गरेका थिए। टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले उपस्थित सम्पूर्ण प्रतिनिधिको परिचय गराए। सभामा उपस्थित वार्डवासीलाई स्वागत जनाउँदै वार्ड कमिटीका सदस्य समीर गुरुङले स्वागत भाषण राखेको थिए। सभामा टाउन कमिटीका कार्यकारीणी सदस्य आनन्द गुरुङ, उपाध्यक्ष रंजन गजमेरले सभालाई सम्बोधन गरेका थिए। टेकवीर बस्तीका सदस्य बीपेन राईले वक्तव्य राख्दै नयाँ सरकार गठन भएको केही महिनामा नै नव निवार्चित सरकारले गर्दा धेरै समस्याहरु भोगिरहेको बताए। उनले विगतमा जीटीएमा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापा मुख्य कार्यपाल हुँदा यसरी भोग्नु परेको थिएन भनी बताए। उनले भने, जनसाधारणकोे प्रत्येक समस्याकोे निम्ति भन्ने जगा त्यसबेला थियो। केही पनि समस्या हुँदा वार्डका प्रतिनिधिहरुले अघि बढेर सहयोग गर्ने भएकोले सबैलाई सजिलो थियो। तर वर्तमान पहाड़कोे जन साधारणले क्षेत्रीय प्रतिनिधि लगायत सभासदहरु नभएको कारण धेरै असुविधा छ र आज पनि यदि पहाड़कोे निम्ति योग्य नेता अनि पार्टी छ भने अनित थापा र भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा मात्रै हो। हामी टेकवीर बस्तीका सबै सदस्य, गाउँवासीले एकजुट भएर अनित थापाकाे हात बलियो बनाउनुपर्छ। सभामा वक्तव्य राख्दै खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले विगतकोे चुनावमा भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले चुनाव जिते पनि भागोप्रमोकोे उमेदवार अमर लामाकोे भोट अन्तर हेर्नु हो भने खुबै कम थियो र बीजेपीले गठबन्धनले जितेका थिए तर भागोप्रमो पहाड़कोे एक मात्र पार्टी हाे जसले खरसाङका उम्मेदवार अमर लामालाई खरसाङबाट एकल दममा ८६ हजारभन्दा अधिक भोट दिलाएर दोस्रो स्थानमा पुराएका थिए। तर आज बीजेपीले भोट जिते पनि जनताको निम्ति केही पनि सहयोग नगरेर आम जनता मूलभूत सुविधासँग वञ्चित भईरहेको आरोप लगाए। उनले भने, एउटा स्ट्रेट लाईटकाे निम्ति पनि भन्ने जगासम्म छैन। सत्ताधारी पार्टीका प्रतिनिधिलाई सहयोगकाे निम्ति भने विद्युत कार्यालयकोे काम हो भनी मुख फेरी रहेका छन्। त्यहि भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाकाे जीटीए कार्यकालमा हर एक क्षेत्रमा पहाड़भरि नै विकासमूलक कार्यसँगै साधारण जनताकाे व्यक्तिगत समस्यामा पनि सहयोग समान रूपमा गरिदिएको हुन्थ्याे। उनले अघि भने, वर्तमानमा पहाड़मा कूनै सरकार छैन र कुनै राजनैतिक दलका प्रतिनिधिले दबाउ बनाएर डराउन खोजे कोही पनि नडराउने अपिल गर्दै अनित थापाले गरेकाे कार्य अनि सहयोगकोे निम्ति आभार व्यक्त गर्ने समय हो र हामी सबैले एकत्रित भएर उनको हाथ बलियो बनाउनुपर्छ। अन्तमा सभाध्यक्ष सुजय गुरुङले फोनमार्फत पनि डाकिएको सभामा यसरी सबैजनाकोे उपस्थितिले भागोप्रमो अनि अनित थापाकोे कार्यशैली निश्चय नै राम्रो अनि जनसाधारणकोे हितमा छ भनी बताएका छन्। सभापछि नरेन लामाले पत्रकारहरूलाई सम्बोधन गर्दैै टेकवीर बस्ती अनि यहाँका गाउँवासीकाे निम्ति अनित थापाले सोचेभन्दा बडी सहयोग गरिदिएकोमा हिजो पनि भागोप्रमोसंगै थियौं र आज पनि छ अनि भविष्यमा पनि रहनेछ भनी बताए।









