खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १७मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सांगठनिक सभा सम्पन्न भएको छ। विधानसभा चुनावपछि पहिलोपटक सम्पन्न भएको सभा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा खरसाङ टाउन कमिटीका नव नियुक्त अध्यक्ष बीरबल पाख्रिनकाे अगुवाईमा वार्ड नम्बर १७ का मानिसहरुलाई लिएर सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य तथा वार्ड कमिटीका अध्यक्ष करुण छेत्रीको अध्यक्षतामा सम्पन्न भएको यस सभामा चुनावपछिकाे उथुल पुथुलपछि वार्ड कमिटीका सदस्यहरुमा सांगठनिक असमञ्जस रहेकोलाई स्पष्ट पार्न साथै पहाड़मा एक मात्र पार्टी जसले क्षेत्रीयतालाई बचाउन हेतु चुनावमा एकल दममा १ लाख ७६ हजार भोट हासिल गरेर जनादेश रहेको भागोप्रमो पहाड़कोे जनताकोे हितमा कर्म नै सिद्धान्तलाई शिरोपर राखी कार्य गर्ने एक मात्र पार्टी तथा केन्द्रीय अध्यक्ष अनित थापाकोे कार्यशैलीलाई मन पराएर साथ रहेको प्रमाण गरेपछि पुनः वार्ड कमिटीलाई सुदृड पार्न हेतु सभा राखिएको बताइएको छ। सभामा टाउन कमिटीका वरिष्ठ सदस्य आनन्द गुरूङले सञ्चालन गरेका थिए। सभामा विगत धेरै अन्तरालपछि वार्डमा सभा भएकोले सर्वप्रथम उपस्थित टाउन कमिटीका प्रतिनिधिहरुसँग परिचय गराउँदै टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिन अनि सांगठनिक सचिव कुणाल छेत्रीलाई खदा लगाएर स्वागत जनाए। सभामा वक्तव्य दिने क्रममा टाउन कमिटी कार्यकारीणी सदस्य पवन राई, नारी शक्ति सदस्या संगिता थापा, टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिन तथा महकुमा नारी शक्ति कार्यकारीणी सदस्या प्रनिता घिसिङ मुखियाले वक्तव्य राखे भने अन्त्यमा सभाध्यक्ष करुण प्रधानले आफ्नो अध्यक्षीय भाषण राखेका थिए। सभामा टाउन कमिटीका सह सचिव विकास तामाङ, सांगठनिक सचिव कुणाल छेत्री, कार्यकारी सदस्य कमल सिलवाल अनि नब्बु राउत टाउन कमिटी नारी शक्ति सह साचिवा सरिता मुखिया लगायत टाउन कमिटी युवाका सड्स्यागण उपस्थित थिए।








