गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20260824-WA0091

सोनादा: गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको सोनादास्थिय पार्टी कार्यालयमा सभापति शंकर तामाङको सभापतित्वमा सम्पन्न भएको छ। गोजमुमो केन्द्रिय सदस्य कुमार तामाङ, समष्टि सचिव लाकपा तामाङ, सायमवीर राई, अमित राई, नारी मोर्चा साथै शाखा प्रतिनिधिहरु सभामा उपस्थित थिए।‌ सभामा विशेष गरेर संगठनलाई सशक्त बनाउने उद्देश्यले धेरै लामो चर्चा परिचर्चा भयो। यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको ट्रेड युनियन सभापति अरूण बराईली अनि आईजीजेएफ पार्टी युनिट प्रतिनिधि मणिकुमार बीके जो रिङटाङ चियाबगान निवासीद्वारा गोजमुमो पार्टीमा समर्थन जनाउँदै घर वापसी गरेको दावी गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो सोनादा पचेङ समष्टिको प्रसार प्रचार सचिव रमेश राईले गोजमुमो सोनादा पचेङ समष्टिको सांगठनिक सभा सम्पन्न भएको र सभामा पार्टीको सांगठनिक गतिविधि र आगामी दिनमा पार्टीको तर्फबाट गर्ने विभिन्न सांगठनिक क्रियाकलापहरु विषयमा चर्चा परिचर्चा गरिएको बताएका छन्।

About Author

Advertisement