लुसाने डायमण्ड लीगमा नीरज समक्ष युवा पथिरागेको कठिन चुनौती

IMG-20260820-WA0203

लुसाने: भारतका दिग्गज ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा र श्रीलंकाका उदीयमान नक्षत्र रमेश पथिरागेबीच शुक्रवार लुसाने डायमण्ड लीगमा फेरि एकपल्ट भिड़न्त हुनेछ। यस अवधि नीरजको नजर डायमण्ड लीग फाइलमा स्थान बनाउनुमा रहनेछ। ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा पथिरागेले स्वर्ण र नीरजले रजत पदक जितेका थिए। त्यसको तीन हप्तापछि यी दुई खेलाड़ी फेरि एकपल्ट एकार्कालाई चुनौती दिन तयार छन्। तेईस वर्षीय पथिरागे यस सत्रमा करियरको सर्वश्रेष्ठ फर्ममा छन्। उनले दोहा र रोम डायमण्ड लीगमा खिताब जित्नको साथै ग्लास्गोमा ८९.७५ मीटरको थ्रो गरी स्वर्ण पदक हासिल गरेका थिए। जूनमा रोममा ९२.६२ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ उनले ९० मीटरको आँकड़ालाई पनि पार गरिसकेका छन्। श्रीलंकाई खेलाड़ीले यस सत्रमा जुन ९ वटा प्रतियोगितामा हिस्सा लिएका छन्, त्यसमध्ये ८ वटामा जीत हासिल गरेका छन्। उनले डायमण्ड लीग फाइनलको निम्ति अगावै क्वालीफाई गरिसकेका छन्। यसको विपरीत नीरजले गत वर्ष सेप्टेम्बरदेखि नै ढाड़को तल्लो हिस्सामा रहेको चोटसँग जुझ्नु पऱ्यो। यसले गर्दा नै उनले दोहा डायमण्ड लीगमा आशानुरुप प्रदर्शन गर्न सकेनन्। ग्लास्गोमा उनी शत प्रतिशत फिट नभए पनि ८५.८३ मीटरको सर्वश्रेष्ठ श्रो-को साथ रजत जित्न सफल भएका थिए। राष्ट्रमण्डल खेलहरू पछि २८ वर्षीय नीरज स्विट्जरल्याण्ड गएका थिए, जहाँ उनले वाल्यकालका प्रशिक्षक जयवीर चौधरी र फिजियो ईशान मारवाहसँग अभ्यास गरिरहेका थिए। वर्तमान ओलम्पिक च्याम्पियन अरशद नदीमको साथमा जर्मनीका यूरोपेली च्याम्पियन जूलियन वेबरले नाम फिर्ता लिँधा लुसाने डायमण्ड लीगको आकर्षण सामान्य भए पनि कम्ती भएको छ। त्रिनिदाद एण्ड टोबेगोका वर्तमान विश्व च्याम्पियन केशोर्न वालकट र ग्रेनाडाका एण्डरसन पीटर्सको उपस्थितिले गर्दा खेलमा रोचक प्रतिस्पर्धा हुनेछ। अमेरिकाका विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता कर्टिस थम्पसन र चेक गणराज्यका ओलम्पिक रजत पदक विजेता जेकब वाडलेज पनि यस प्रतियोगितामा हिस्सा लिने ९ जना खेलाड़ीहरूमा सामेल छन्। नीरजको निम्ति सत्रको अन्तमा हुने डायमण्ड लीग फाइनलको ऱ्याङकिंगमा अघि बढ़न लुसानेमा हुने प्रतियोगिता महत्त्वपूर्ण छ। उनी अहिले ६ अंकको साथ सातौं स्थानमा रहेका छन्। ऱ्याङकिंगमा शीर्ष ६ जना खेलाड़ीले ४ र ५ सेप्टेम्बरमा ब्रुसेल्समा हुने डायमण्ड लीग फाइनलमा हिस्सा लिनेछन्। यसैकारण नीरजको निम्ति लुसानेको नतीजा महत्त्वपूर्ण रहनेछ।

About Author

Advertisement